फिदिममा १४ जना संक्रमित थपिए, चार जना निको
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार २१:४५:४०
१९ कार्तिक, पाँचथर । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट््याक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा संक्रमण देखिएको हो । फिदिमका ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दीसमेत रहेका छन् ।
आज आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा संक्रमण देखिएको हो । अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जालमार्फत संक्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गरे ।
पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन् । पछिल्लो सङ्ख्यासँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २४ पुगेको छ । मंगलबार मात्रै मिक्लाजुङका एक जनामा संक्रमण देखिएको थियो । जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा सङ्क्रमण देखिए पनि पछिल्लो पटक ठूलो सङ्ख्यामा संक्रमित थपिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार