कविता : काल रात !
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १३:२८:१३
नमिता दवाडी / न्युजिल्याड
अभाबको आगोमा जलेर खरानी हुने ?
या
अनिश्चितताको बिमानमा चढेर भै परि आउने
घटना दुर्घटनाको लागि तयार रहने ?
दोश्रो बिकल्प रोजेँ,
कालो घाम ,
बिकराल क्षितिजबाट अट्टहास हाँसिरहेथ्यो मेरो विवशतामा !
आत्म-सम्मानमा एक रति आँच आउन नदिई
मचक्क टेकेँ आमाको मुटुमा ,
नुहाएँ आँशुको छहराले सुटुक्क पसेर स्नान कक्षमा ,
फर्किएर निमोठेँ आफ्नै मुटु ,
अति प्रेमिल छायाँ ढुकढुकी बनेर बसिरहेथ्यो जहाँ !
सुनिन थाले पछि तोते बोलीमा ,
हजुर कहाँ जान लाग्नु भएको ?
म हजुरको काखमा बस्ने हो ?
हामी टि टिट जाने हो ?
फुटाएँ कानको जाली ,
मलाई अझै बलियो हुनु थियो।
टिकाउनु थियो दम्भ !
देखिन थाले पछि
ओइलाए झैँ मेरो बगैँचाको सब से किम्ती फूल
र् वाम्म रोपेँ तिर आँखाहरुमा !
कन्थै खलाँस !!
अब न दुख्यो कतै ,
न देखे आँशु ,
न सुनेँ सुँक्क-सुँक्क हृदयहरुको ,
म मुर्दा भै पसेँ बिमान घाटमा !
भ्रम रहेछ मृत्यु ,
गहिरो पीडा महशुस भो भित्र कतै ,
काँडा बिझे जस्तो बिझाईरह्यो अन्तःकरण
थाहा भयो ,
यो लास होइन !! धोका भो म माथि !!!
लासलाई दुख्दैन , पोल्दैन !
आफ्नै आँखाले देखेको छु दाउराले हान्दै लास पोलेको !
आखिर जिन्दगीले यसरी हानेर झापड ,
गरायो अनुभुती ज्युँदो हुनुको !
गरायो अवतरण जिन्दगीले एउटा अपरिचित
माटोमा ।
घोलेर असङ्ख्य बाध्यता , विवशता र चुनौतीका रङ्गहरु ,
हाने अनुसार पुर्ब निर्धारित सर्तहरुमा औँठा छाप
म बनिरहेछु परिस्थितिको नोकर !
छोएर पाउ ,
गरिरहेछु बिन्ती !
भित्ताहरुलाई पहरा दिन अँधेरी रातमा ,
फ्याउराहरुलाई जपिदिन मृत्युन्जय मन्त्र ,
बर्षालाई पखालिदिन मृत्यु ,
मतलब यो होइन कि म मृत्यु देखि भयभीत छु !
बस ! एउटै चाहना !
कुनै रात काल रात नबनोस् यो अन्जान शहरमा !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
शासकहरू
चैत ५, २०८० सोमबार
सोमबारदेखी सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २
माघ २७, २०८० शनिबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार