च्याम्पियन्स लिगमा पीएसजी पराजित
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १४:५९:१
२० कार्तिक, एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा पीएसजी पराजित भएको छ । बुधबार राति भएको खेलमा पीएसजी जर्मन क्लब आरबी लाइपजिगसँग २–१ गोल अन्तरले पराजित भएको हो । लाइपजिगको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा ९ खेलाडीमा सिमित भएको फ्रेन्च क्लब पराजित भएको हो ।
रेडबुल एरिनामा दुई मुख्य स्ट्राइकर केलियन एमबाप्पे र नेयमारबिना मैदान उत्रिएको पीएसजीले छैटौं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता बनाएको थियो । चोटका कारण एमबाप्पे र नेयमारले जर्मन क्लबसँगको खेल गुमाएका हुन् ।
तर, खेलको १६ औं मिनेटमा डी मारिया पेनाल्टीमा गोल गर्न चुके । डी मारियाको प्रहार लाइपजिगका गोलकिपर पिटरले रोकेपछि पीएसजी अग्रता दोब्बर बनाउन चुकेको थियो । खेलको ४२ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै लाइपजिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५७ औं मिनेटमा इमील फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाई २–१ को जित दिलाए ।
पीएसजीले भने ३ खेलमा ३ अंक जोडेको छ । यो हारसँगै पीएसजीको समूह चरणबाट बाहिरिने खतरा समेत बढेको छ । यस्तै समूहको अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई इस्तानबुल बासाकसेरले २–१ ले नै हराएको छ । टर्किस क्लबको जितमा डेम्बा बा र इडिन भिस्काले एक एक गोल गरे । युनाईटेडका एन्थोनी मार्सियलले एक गोल फर्काए ।
युनाईटेडको यो समूह चरणमा पहिलो हार हो । ३ खेलमा ६ अंक जोडेको युनाईटेड समूहको शीर्ष स्थानमा रहेको छ । इस्तानबुल ३ खेलमा ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
वीपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार