बालुवाटार नजाने प्रचण्डको घोषणा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ शुक्रबार ०:४४:२९
२० कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तिक्तता बढेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार नजाने घोषणा गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले अब वार्ताकै लागि भनेर बालुवाटार नजाने घोषणा गरेका हुन् ।
ओलीले छलफलमा सहमति गर्नुको साटो दम्भ देखाउने काम गरेको भन्दै प्रचण्डले अब बालुवाटार नजाने र ओलीसँग परामर्श पनि नगर्ने बताएका छन् । पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेपनि सहमति हुन भने सकेन ।
भेटमा प्रचण्डले सचिवालय बैठक डाक्न आग्रह गरेपनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए । अघिल्लो शनिबार मात्रै ओलीले प्रचण्डसँग पार्टी फूटाउने प्रस्ताव गरेका थिए । सोही कारण पनि सम्बन्धमा पूर्ण दरार आएको थियो ।
यसपटक पनि ओलीले सोही प्रवृत्ति देखाएपछि बालुवाटार नजाने घोषणा गरेर प्रचण्ड खुमलटार फर्किएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार