झापामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, एक हजार
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १७:५२:५७
२१ कार्तिक, झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना संक्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।
उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।
पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार