कोरोना संक्रमित वरिष्ठ हास्यकलाकार गजुरेलकाे फोक्सोमा समस्या
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १८:१:१६
२१ कार्तिक, काठमाडौं । कोरोना संक्रमित वरिष्ठ हास्यकलाकार मनोज गजुरेललाई आइसीयूमा राखेर उपचार गरिएकाे छ । फोक्सोमा समस्या देखिएपछि उनकाे आइसीयूमा राखेर उपचार गरिएको हाे ।
उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भैइरहेको छ । गजुरेललाई गत १० कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए ।
तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उनले फेसबुकमा स्टाटस लेखेका थिए ।
आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको उनले जानकारी दिएका थिए । अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार