यस वर्ष धान उत्पादन सात प्रतिशत बढ्ने अनुमान
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार २०:८:२८
२१ कार्तिक, पर्वत । पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले सात प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ । रोप्ने बेला र रोपिसकेपछि निरन्तर वर्षा हुनु, हावाहुरी, रोग किरा तथा असिना नपर्नुजस्ता अनुकूल समय परेकाले यस वर्ष धान उत्पादन बढ्ने भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
गत वर्ष भने रोप्ने बेला लामो समय परेको खडेरी, बाला लाग्ने बेला कालो पोकेको प्रभाव र थन्क्याउने बेला आएको असिना पानीका कारण पर्वतमा १० प्रतिशतले धान उत्पादन घटेको थियो । यस वर्ष धानखेतीका लागि दशककै राम्रो मौसम परेको केन्द्रले जनाएको छ ।
पर्वतमा मुख्य बालीको रुपमा चिनिने धान बालीको उत्पादन बढेपछि चामल आयात समेत घट्ने भएको छ । पर्वतमा नौ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अघिल्लो वर्ष २६ हजार ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर २७ हजार ९१६ मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा भने भने प्रतिकूल मौसमका कारण घटेर साढे २३ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन भएको थियो कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।
पर्वतको जमीनमा औसतमा प्रतिहेक्टर २ दशमलब ९१ प्रतिशत मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा स्थानीय छेमरोङ, जेठोबुढो, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायतका धान खेती हुँदै आएको छ । यसवर्ष कटुवाचौपारी, कुर्घा, पाङ, विहादी, र पैंयु क्षेत्रमा उत्पादन बढ्ने भएको छ ।
यसैबीच यहाँका कृषकलाई यतिवेला बालीनाली थन्क्याउन भ्याइनभ्याई भएको छ । कृषकहरु बिहानैदेखि बेलुकासम्म खेतवारीमै व्यस्त हुन थालेका छन् । थन्क्याउने बेलामा पनि मौसम सफा भएका कारण कृषकहरु बिहानैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त देखिएका छन् । उच्च पहाडी भेग र छिटो रोपाई भएका ठाउँका कृषकले धान थन्क्याइसकेका छन् भने मुख्य धान पकेट क्षेत्रमा भने काट्न शुरु भएको ज्ञान केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार