नौ स्थानीय तहमा कोभिड अस्पताल सञ्चालनमा ढिलाइ
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार २२:४७:२३
२१ कार्तिक, बैतडी । कोरोना संक्रमितको सङ्ख्या दिनप्रति दिन बढिरहेका भए पनि बैतडीका नौ वटा स्थानीय तहमा सञ्चालनमा आउने भनेका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । आवश्यक चिकित्सक र प्रक्रियामा ढिलाइ हुँदा सञ्चालनमा आउन सकेका छैनन् ।
स्थानीय तहले अस्थायी कोभिड अस्पतालका सञ्चालनका लागि प्रक्रिया शुरु गरेका भए पनि सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ । सङ्घीय सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट पठाइसकेको छ ।
जिल्लाका नौ स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ । बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
ती अस्पतालमा एक चिकित्सक, दूई स्टाफ नर्स र एक जना कार्यालयको सहयोगीको दरबन्दी भए पनि चिकित्सक भने पाइएका छैनन् । धेरैजसो स्थानीय तहले दोस्रो पटकसम्म आवेदन खुला गर्दासमेत चिकित्सक नपाएको बताएका छन् ।
अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि दुईपटक चिकित्सकको लागि आवेदन खोलेको भए पनि कसैको आवेदन नपरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार