मित्रराष्ट्र चीनद्धारा नौ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार १६:१४:५८
२२ कार्तिक, चितवन । भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६०० डलर ‘रु नौ लाख’ बराबरको कोभिड–१९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
मेडिकल प्रोटेक्टिभ मास्कलगायत आवश्यक स्वास्थ्य सामग्री चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री चीनबाट प्राप्त भएको जानकारी गराए। महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकताअनुसार महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थालाई वितरण गरिने बताए।
उनले यसअघि पनि चीनबाट विभिन्न स्वास्थ्य सामग्री आएको जानकारी गराउँदै भने, “कोभिडको महामारीको बेला स्वास्थ्य सामग्री सहयोगले जनस्तरमै सुमधुर सम्बन्ध कायम भएको छ ।” भरतपुर महानगरपालिका कोराना–१९ विरुद्ध लडिरहेको बताउँदै प्रमुख दाहालले पीसीआर प्रयोगशाला सञ्चालन, क्वारेन्टाइनको निर्माण र सञ्चालन साथै हालै सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेशन तथा राहत वितरणलगायत नगरवासीलाई सूचीत गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम पनि सञ्चालन गरिरहेको बताए ।
भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएको छ । यसअघि गुर्मु सिटीले यस कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक र अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिएको महानगरले जनाएको छ ।
यसअघि मित्र राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई रु १७ लाख बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पीपीई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु प्रदान गरेको थियो । भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीको नेतृत्वामा गएको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगायतका प्रतिनिधी मण्डलले नेपाल–चीन सीमाना तातोपानीको मितेरी पुलमा ती सामाग्री प्रदान गरेको थियो ।
यसैगरी मित्रराष्ट्र चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले पनि यसअघि भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले यसअघि एन ९५ मास्क एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडीटी किट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल ग्लोभ्स चार हजार थानलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार