समाचार प्रभाव: पर्सा प्रहरीका घुमुवा सई रावत कारवाहीमा, तस्करहरुमा रुवावासी
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार २३:१:३८
२२ कार्तिक, बीरगञ्ज । पर्साका सीमावर्ती नाकाबाट तस्करी गराएर मोटो रकम असुल्न पल्केका घुमुवा सई प्रकाश रावत कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चको नाममा घुमुवा सई रावतलाई तस्करहरुसँग मिलेर ठूलो मात्रामा तस्करी गराएरको समाचार नेपालबहस डटकममार्फत सार्वजनिक भएपछि उनलाई क्राइम ब्रान्चको ईन्चार्जबाट आउट गरिएको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ ।
रावतको मातहत रहेका सबै जम्बो टोलीलाई नै सो जिम्मेवारी खोसेर अन्यत्र पठाइएको तथा तस्करसँगको मिलोमतोबारे सोधपुछ समेत गरिएको बताइएको छ । दशैं अगाडीदेखी नै सीमा नाका अलौबाट संस्थागत रुपमा तस्करी गराई विचौलियाहरुबाट मोटो रकम उठाउन लगाएको तथ्यहरु नेपालबहसले प्रकाशमा ल्याएपछि रावतसहित पुरै टिमलाई क्राइमबाट आउट गरिएको हो ।
प्रहरी स्रोतका अनुसार रावतलाई जिम्मेवारी मुक्त गरि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । त्यसैगरि क्राईममा रहेका प्रहरी हवलदार प्रमा पटेललाई श्रीपुर वडा प्रहरी कार्यालय, सफर्रोज आलमलाई जिल्ला प्रहरी कार्यालय बारा , प्रहरी जवान नवीन पाललाई वडा प्रहरी कार्यालय विर्ता , प्रहरी जवान सुरेश न्यौपानेलाई इलाका प्रहरी कार्यालय पोखरिया , प्रहरी जवान लालबाबु साहलाई ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीमा पठाइएको छ । पर्साको क्राईममा बस्दै आएका अधिकांशको दरबन्दी पर्सामा छैन् । रकमी चलखेलको आधारमा उनीहरुको काज सरुवा गरि निरन्तर पर्साको क्राईममा बस्दै आएका थिए ।
अपराधी र तस्करसँग मिलेमतोको विभिन्न घटना प्रकाशमा आएपछि जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले आफैले क्राईम ब्रान्चमा खटाएको रावतसहित सबैलाई आउट गर्न बाध्य भएकी हुन । ड्राइपोर्ट सिर्सिया प्रहरी चौकीमा इन्चार्ज हुदा तस्करसँग रकम बुझेको गुनासोपछि जिल्ला तानिएका सई रावत डेढ महिना अगाडी मात्रै क्राईमको इन्चार्ज भएका थिए ।
यसअघिका क्राइम ईन्चार्ज रविभूषण यादव पनि बदनाम भएपछि प्रदेश प्रहरीका डीआईजी धीरजप्रताप सिंहले कारवाही स्वरुप गणमा थन्क्याएका थिए । रावत क्राईमबाट तानिएपछि पर्साको अलौ र कोनियाका केहि तस्करहरुमा रुवावासी चलेको छ । तस्करी गराउन रावतले अलौका तस्करहरुसँग मोटो रकम हात पारेको आरोप लाग्दै आएको छ ।
रावतले रकमबुझी तस्करलाई संरक्षण गरेको खुलासा भएपछि प्रदेश प्रहरीले निगरानीका लागि खटाएको टोलीहरु आउँदा तस्करलाई सई रावतले पहिला नै जानकारी गराउँदै आउने गरेको आरोप लाग्दै आएको थियो । पर्सा क्राईमको तस्करसँगको सहकार्यको विभिन्न कलरेकर्ड तथा प्रमाणहरु फेला परेका छन् ।
क्राईमले रकम बुझने र अर्को टोली गएर मालसमान समातेपछि रावतले रकम बुझेको आधा दर्जन घटना प्रकाशमा आएका छन । रावतले आफै रकम नबुझी अलौका केही युवालाई आफनो अघोषित घुमवा खटाई तस्करहरुबाट रकम बुझने गरेका थिए ।
पर्सा प्रहरीद्धारा मोबाइल नै गायब
यसैबीच पर्सा प्रहरीले तस्करबाट बरामद गरेको मोबाइलमध्ये केही मोबाइल गायब गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले बरामद गरेको १६ वटा तस्करीको मोबाइलमध्ये ७ वटा मोबाइल गायब भएको हो ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका हवल्दार खुसीलाल यादव तथा जवान पियम्बर अन्सारीले बुधबार साँझ करिब ७ बजेको समयमा बीरगञ्ज महानगरपालिका–१६ नागवाबाट बिभिन्न कम्पनीका १६ थान महंगा मोबाइलहरु बरामद गरेको थियो । भारतबाट बिना भन्सार नेपाल ल्याउँदै गरेको बेला क्राइमको टोलीले १६ थान मोबाइल बरामद गरेकोमा जिल्ला प्रहरी कार्यालयमा ९ वटा मात्रै मोबाइल बरामद गरेको जाहेरी गरेकोले ७ वटा मोबाइल बाटोमै गायब भएको हो ।
भारतीय बिभिन्न कम्पनीका मोबाइलहरु १६ थान बरामद भएपनि पर्सा प्रहरीले उक्त मोबाइल हालसम्म सार्वजनिक नगरेको कारण पनि प्रहरी कार्यालयबाट नै मोबाइल गायब भएको टिका टिप्पणी हुन थालेको छ ।
साधारण १० केजी मदिरा नष्ट गर्दा विज्ञप्तीसहित समाचार पठाउने जिल्ला प्रहरी कार्यालयले ३ लाख भन्दा बढीको मोबाइल बरामद गर्दा पनि सार्बजनिक नगर्नाले प्रहरी कार्यालयका उच्च पदस्तका कर्मचारीहरुकै मिलोमतोमा मोबाइल गायब गरिएको हो कि भन्ने प्रश्न उठेको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरसँग बुझ्दा उनले चित्त बुझदो जवाफ दिएनन् । मोबाइल बरामद भएकै दिनदेखि हालसम्म कतिवटा मोबाइल बरामद भएको हो भनेर बुझ्दा प्रनाउ कुँवरले ८–९ वटा होला भनेर बेतुकका जवाफ दिने गरेका छन् ।
यता पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग बुझ्दा उनले ९ वटा मोबाइल बरामद भएको बताइन । प्रहरीले १६ वटा मोबाइल बरामद भएको कुरा छ भनेर बुझ्दा बरामद गरेको टोलीले ९ वटा मोबाइल मात्रै बरामद गरेको भनेर जाहेरी गरेको हुनाले त्यति नै रहेको बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार