बालुवाटारमा ओलीकाे अडानले पाँच नेता हिस्स !
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार २३:४०:११
२२ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सहित सचिवालयका पाँच नेताबीच शनिबार पौने २ घण्टा छलफल भएको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका हुन ।
नेताहरुले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । शनिबार नै सचिवालय बैठक तोक्ने प्रयास भएपनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको एक नेताले बताए ।
छलफलको सुरुवात कार्यकारी अध्यक्ष प्रचण्डले गरेका थिए । उनी सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो भनेर पृष्ठभूमिसहित बोलेका थिए । प्रचण्डले स्थायी कमिटी बैठक टुंग्याउने क्रममा सहमतिको मस्यौदा बनाउन कार्यदल गठन भएसँगै गडबडी सुरु भएको बताए ।
तर कार्यदल गठनसँगै प्रधानमन्त्री ओली सहमति विपरित चल्न थालेको प्रचण्डले बताएका छन् । स्थायी कमिटीकै निर्णय कार्यान्वयन नभएपछि बैठक बसौंभन्दा ओली नमानेकाे उनले बताएका छन् ।
त्यसपछि बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम बाेल्दै सकेसम्म बैठक बस्न बस्नै नमान्ने, बैठक बसी हाले पनि नबोल्ने तथा निष्कर्षमा पुग्नै नदिने र निष्कर्षमा पुगे त्यो निश्कर्ष नै नमान्ने गरेको भन्दै ओलीको आलोचना गरे ।
यस्तै छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीलाई तपाई आफ्नो आत्मालोचना गर्न किन तयार नहुने ? यतिका नेताहरूले किन बिरोध गरे भनेर नसोच्ने भनेर प्रश्न गरेका थिए ।
भेटघाटमा बाेल्दै नेता झलनाथ खनालले बैठक नै नबस्ने र छलफल नै नगर्नु ओली गलत भएको बताएका छन । यस्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ को संक्रमण, त्यसले स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको संकट लगायतका विषयमा छलफल गर्न बैठक माग गर्दै आफूले दुबै अध्यक्षलाई पत्र लेखेको स्मरण गराएका थिए ।
पत्रमा उनले सरकारले २ अर्ब रुपैयाँभन्दा बढीको राहत प्याकेज ल्याउनुपर्ने माग र प्रधानमन्त्रीले रअका प्रमुखसँग गरेको भेट लगायत तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए । तर बैठक राख्नु त परको कुरा, आफूलाई जवाफ समेत नदिएको प्रवक्ता श्रेष्ठको गुनासो छ ।
भेटघाटमा पाँचै नेताको धारणा सुनिसकेपछि ओली बोलेका थिए । उनले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाएका छन् । तर नेताहरुले ‘तपाईँ पार्टीको बैठक बस्न नचाहने, आफूखुशी भेला र छलफल गर्ने, हामीले चाहिँ हेरेर बस्नुपर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । छलफलमा पाँच नेताले सचिवालयको बैठक सकेसम्म भोलि, नभए पर्सि बोलाउनुपर्ने भन्दै ओलीको सहमति मागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा बैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख ६, २०८१ बिहिबार