संरचना नहुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ आइतबार ४:७:५३
२२ कार्तिक, पाँचथर । संरचना नहुँदा जिल्ला कारागारमा ल्याइने नयाँ कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । कोभिड–१९ सङ्क्रमण परीक्षण नगरी नयाँ कैदीबन्दीलाई अन्यसँग राख्न नमिल्ने भएपछि अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीलाई छुट्टै राख्न आवश्यक पर्ने संरचना प¥र्याप्त नहुँदा कारागार प्रशासनलाई समस्या परेको हो ।
कारागारभित्र सङ्क्रमण फैलनसक्ने खतरालाई दृष्टिगत गर्दै कारागार चलान भएका सबै नयाँ कैदीबन्दीलाई कम्तिमा दुई साता अन्य कैदीबन्दीभन्दा अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीका लागि आवास, खाना, सरसफाइलगायत दैनिक क्रियाकलापका लागि अलग्गै व्यवस्थापनमा आर्थिक र भौतिक संरचना अभाव रहेको जिल्ला कारागार कार्यालयका प्रमुख ९जेलर० सुरेन्द्रबहादुर मुखियाको भनाइ छ ।
नयाँ आउने कैदीबन्दीलाई क्वारेन्टिनका रुपमा कारागार प्रशासनसँगै कोठा व्यवस्थापन गरी राख्ने गरिएको छ । संरचना अभाव भएपछि कारागार प्रशासनले प्रशासनिक कक्ष, भण्डार, सुरक्षाकर्मी बस्ने कोठालगायतलाई क्वारेन्टाइन रुपमा प्रयोग गर्ने तथा कर्मचारी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सामग्रीहरुको आलोपालो प्रयोग भइरहेको जेलर मुखियाले बताए ।
हालसम्म विभिन्न मुद्धामा कारागार चलान भएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । कारागार प्रशासनको सतर्कताका कारण उनीहरु सबै अन्य कैदीबन्दीको सम्पर्कमा पुगेका भने थिएनन् । हप्तामा एक÷दुई जना कैदीबन्दी भित्र, बाहिर भइरहने हुँदा ब्यवस्थापनमा चुनौति थपिएको हो ।
स्वास्थ्य परीक्षणमा समस्या
यहाँ कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण गर्ने एक स्वास्थ्यकर्मीको दरबन्दी गत वर्षदेखि रिक्त छ । स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याको परीक्षणका लागि पनि दैनिकजसो अस्पताल धाउनुपर्ने सुरक्षाकर्मीको बाध्यता छ ।
जीर्ण कारागारमा छ गुणा बढी कैदीबन्दी हुँदा झनै समस्या
जीर्ण अवस्थामा पुगेको कारागारमा झण्डै छ गुणा बढी कैदीबन्दी रहेका छन् । यो कारागार २० पुरुष र पाँच महिला गरी २५ जना क्षमताको हो । अहिले यहाँ १२८ पुरुष र १५ महिला गरी १४३ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आलोपालो सुत्नुपर्ने, शौचालय जान लाम लाग्नुपर्ने, खाना बनाउने तथा खाने ठाउँ नहुने जस्ता समस्या रहेको जेलर मुखियाको भनाइ छ । जीर्ण अवस्थाको भवन भएपनि केही संरचना थप्दै लगिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार