अब चाहिं नेकपा जोगिने आधार सकियो
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार १९:५३:८
२३ कार्तिक, काठमाडौं । निरन्तरको झैंझगडा र बेमेल उत्कर्षमा पुगिसक्दासमेत सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा सग्लो देखिन्छ । तर अब नेकपा फेरि पुरानै स्वरुपमा फर्कन सक्ला त ? जानकारहरु भन्छन् – अब नेकपा फेरि पुरानै अवस्थामा फर्कने कुरा सम्भव छैन । कम्युनिष्टहरु यो ढंगमा विवाद गर्न थाल्नुको अर्थ हो, अब पार्टी विभाजन निश्चित छ ।
तर नेकपामा भने अहिले स्थिति अलि फरक देखिएको छ । पार्टीमा दुई खेमा त प्रष्ट छ, तर पार्टी नै फुटाउने हिम्मत भने कसैसँग छैन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पार्टीाका हरेक मोर्चामा अल्पमतमा छन्, तर उनी सबैभन्दा क्रान्तिकारी देखिन्छन् । पूर्व माओवादी पक्षका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली विरोधी मोर्चाको नेतृत्व गरेका छन्, नेता माधव नेपालसमेतको समर्थन छ, तर उनी आक्रमक हुन सकिरहेका छैनन् ।
प्रचण्डले खट्टा नकमाउने हो भने ओलीलाई तह लगाउन सकिने विश्वास नेपाल पक्षलाई छ । तर प्रचण्ड भने यसका लागि तयार देखिएका छैनन् । त्यसैको प्रतिफल हो ओली फकाउने अभियान । सचिवालय बैठक डाक्न कार्यकारी अध्यक्षको नाताले प्रचण्ड सक्षम छन् । तर ओलीले यदि त्यसो गरे पार्टी विभाजनको औपचारिक प्रस्थान विन्दू त्यही हुने भन्दै धम्क्याउँदैछन् । ओलीको धम्कीका अगाडि प्रचण्ड निरिह छन् । त्यसैले हिजो र अस्ती बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक राखेर प्रचण्डले ओलीसँग औपचारिक रुपमा बैठक डाकिदिन बिन्तीपत्र चढाए । तर सनकी ओलीले कुनै हातलमा बैठक नराख्ने अडान पाँचै जना नेताका सामुन्ने राखे ।
ओलीको दुर्वचन सुनेर फर्केका प्रचण्डलगायत शीर्ष नेताहरु बिखलबन्दमा परेका छन् । अब के गर्ने भन्ने उनीहरुको चिन्ता उस्तै छ । कुनै निर्णय गरौं, ओलीले पार्टी नै विभाजन गर्ने खतरा उनीहरु देख्छन् । त्यसैले ओलीको नयाँ कदमपछि मात्रै के गर्ने भन्ने उनीहरुको रणनीति देखिएको छ ।
ओली भने निरन्तर दबाब बढाइरहेका छन् । पूर्व एमालेहरुलाई संगठित बनाएर उनी नयाँ निर्वाचनको तयारीमा जुटेको आशंका गर्न सकिन्छ । त्यसका लागि ओलीले पछिल्लो बेला देखाएको सकृयता बुझ्न काफी छ । गएको साता उनले प्रदेश नं. १ का आफूनिकट नेताहरुसँग जुम बैठक गरे । त्यहाँ उनले प्रष्ट रुपमा अब जनताको बहुदलीय जनवाद नै पार्टीको आधिकारिक लाइन हुने संदेश दिए । साथै, जबजलाई बल पुग्ने गरी वैचारिक बहस थाल्न उनले आह्वान गरे ।
त्यसको तीनदिन नपुग्दै ओली पक्षले काठमाडौंमा पूर्व एमाले नेताहरुको भेला हिजो ग¥यो । जिल्ला अध्यक्ष कृष्ण राईको अगुवाईमा भएको भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवोधन गरे । यसक्रममा उनले अब पार्टी विभाजनको तयारी प्रचण्डलगायत नेताहरुबाट हुन थालेको सन्देश दिए । भेलामा पूर्व एमालेका माधव नेपाल पक्षीय नेताहरु थिएनन् ।
ओलीले प्रचण्ड र नेता नेपालको सकृयतामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको सूचना पाएका थिए । गएको साता नै यस्तो गृहकार्य भएको उनलाई सूचना प्राप्त भएको थियो । त्यसपछि ओलीको बर्बराहट अझै बढ्यो । प्रचण्डलाई बोलाएरै उनले अब एकै ठाउँमा बस्न नसकिने भन्दै अलग अलग हिंडौं नै भने ।
यति गर्दासमेत ओलीले नेपाल पक्षको साथ पाएको छैन । उनी अब पूर्व एमालेलाई गोलबद्ध गरेर प्रचण्डलाई पार्टीबाट लघार्न चाहन्छन् । तर सहज छैन । त्यसैले पार्टीमा आफूनिकट नेता कार्यकर्तासँग निरन्तर छलफलमा जुटेका छन् । खासगरी प्रचण्डसँगको एकता टुटोस् भन्ने नै ओलीको चाहना छ । यसो हुँदा नेपाल पक्ष बाध्य भएर पूर्व एमालेमा आवद्ध हुने उनको बुझाई छ । नेपाल पक्षलाई आफूसँग जोड्ने अस्त्रका रुपमा ओली पक्षले जबजलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।
प्रचण्डलाई तल्लो स्तरको शव्दले होच्याउने उनको रणनीति नै यसको कारण हो । हिजो सचिवालयका पाँच जना शीर्ष नेताहरुसँगको भेटमा ओलीले प्रचण्डलाई जाली झेली भनेर अपमानित गरेका थिए । यो हदसम्मको अपशव्दको प्रयोग हुँदासमेत प्रचण्डले संयम गुमाएनन् , बरु ओलीको कार्यशैलीको शलिनतापूर्वक प्रतिवाद गरे – निकट स्रोत भन्छ ।
ओली भने जसरी भएपनि प्रचण्डलाई लघार्न पाए हुन्थ्यो भन्ने पक्षमा देखिएकाले स्थिति अलि जटिल छ । ओलीको यही शैली र प्रवृत्ति रह्यो भने ठूलै दुर्घटना निम्तिन सक्छ । प्रचण्ड पनि ओलीले भनेकै भरमा पार्टी छाड्ने पक्षमा छैनन् । उनी नेपाल पक्षको आगामी रणनीति कस्तो बन्छ, त्यसैलाई आधार बनाएर मात्रै स्टेप चाल्ने पक्षमा छन् ।
जबजको बखेडा झिकेर नेपाल पक्षलाई मनोबैज्ञानिक रुपमा ब्ल्याकमेलिङ गर्न ओलीले नयाँ फण्डा झिकेको प्रचण्डको बुझाई छ । यो प्रकरणमा नेपाल पक्ष कसरी अगाडि बढ्छ, त्यसैमा पार्टी विभाजन हुने वा नहुने निर्धारण हुन्छ – प्रचण्ड पक्षको बुझाई छ । त्यसैले जतिसुकै अपमान सहेर भएपनि प्रचण्डले आफ्नो संयम गुमाएका छैनन् ।
उनी नेपाल पक्षले साथ दिएसम्म ओलीसँग भिड्ने पक्षमा अडिग देखिएका छन् । तर सधैं यही परिस्थिति नरहन सक्छ, कुनैपनि बेला नेपाल र ओली मिल्न सक्छन् भन्ने पनि प्रचण्डले बुझेका छन् । अहिले जति ढाकछोप गरेपनि नेकपा रुपी हाँडी चर्किसकेको छ, त्यसमा अब मकै भुट्छु भनेर नचिताए हुन्छ– एक वाम नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार