दोस्रो पुस्ताका नेतासँग भेट्दै ओली
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार २०:४६:०
२३ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षोन्मुख भएपछि नेकपा अध्यक्ष केपी शर्मा ओलीले हिजो शीर्ष नेताहरुसँग नयाँ प्रस्ताव राखे– अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं । हिजो सचिवालय बैठक डाक्न अनुरोध गर्न पत्र लिएर बालुवाटार पुुगेका पाँच जना शीर्ष नेताहरुले त्यतिबेला खासै ध्यान दिएनन् । लगत्तै ओलीका भित्रिया मानिने पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सचिवालयमा नयाँ पुस्तालाई ल्याउन प्रस्ताव गरे ।
साथै, प्रधानमन्त्री ओलीले हिजोकै कुरालाई बल पुग्ने गरी आज माधव नेपाल निकट मानिने दोस्रो पुस्ताका नेताहरुलाई बालुवाटार डाकेका छन् । माधव नेपालसहित भीम रावल, रघुजी पन्त र सुरेन्द्र पाण्डेलाई उनले बालुवाटार डाकेका छन् । पार्टी भित्रको विवाद चरम हुन थालेपछि ओली प्रचण्डलाई तह लगाउन नेपाल पक्षलाई फकाउँदैछन् ।
तर ओलीको रणनीतिसँग चिरपरिचित नेता नेपाल सजिलै फकिनेवाला नभएको निकटवर्ती स्रोतको भनाई छ । माधव कम्रेडले ओलीको चाला राम्रो बुुझ्नु भएको छ,त्यसैले फकाउने प्रयासको कुनै अर्थ छैन– स्रोत भन्छ । तर ओलीले दोस्रो पुस्ताका नेताहरु बोलाएकाले आज के प्रस्ताव गर्ने हुुन् त्यो भने प्रतिक्षाका विषय बनेका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार