शनिबार , मंसिर १३, २०७७

मंसिर १८ गते बलायो फर्स्ट माइक्रोफाइनान्सले साधारण सभा

मंसिर १८ गते बलायो फर्स्ट माइक्रोफाइनान्सले साधारण सभा

२३ कार्तिक, काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले एघारौं वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ४.१८४ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्दैछ । कम्पनीले ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद वितरण गर्ने घोषणा गरेको छ । यसलाई साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसैगरी, गत आवको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्नेछ । लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । सभाका लागि मंसिर ५ गते बुक क्लोज गर्नेछ । मंसिर ४ गतेसम्म शेयर खरिद गरी कायम रहने लगानीकर्ताले सभामा भाग लिन र लाभांश पाउने छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय