सोमबार , मंसिर १५, २०७७

नुवाकोटमा निषेधाज्ञा, यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने

नुवाकोटमा निषेधाज्ञा, यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने

२४ कार्तिक, त्रिशूली । कोरोना भाइरसको संक्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कार्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो ।

काठमाडौंस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना संक्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।

निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ६१९ पुगेको छ । तीमध्ये २८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३२९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सकको निगरानीमा घरकै एकान्तबासमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मानहुँकोट पर्यटकीय गन्तव्यको रूपमा विकास, जग्गा विकासका लागि अध्ययन शुरु मानहुँकोट पर्यटकीय गन्तव्यको रूपमा विकास, जग्गा विकासका लागि अध्ययन शुरु ३ हप्ता पहिले
भारतीय टेलिभिजनमा चिच्याउने गोस्वामी पक्राउ भारतीय टेलिभिजनमा चिच्याउने गोस्वामी पक्राउ ४ हप्ता पहिले
किशोर प्रधान समुहको नेपालगञ्जमा भव्य कार्यक्रम, सहभागीको निष्कर्ष: ‘व्यवसायिक हकहितका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’ किशोर प्रधान समुहको नेपालगञ्जमा भव्य कार्यक्रम, सहभागीको निष्कर्ष: ‘व्यवसायिक हकहितका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’ २ हप्ता पहिले
आमा सुरक्षा कार्यक्रमबाट १३ प्रतिशत सुत्केरी सुविधाबाट वञ्चित आमा सुरक्षा कार्यक्रमबाट १३ प्रतिशत सुत्केरी सुविधाबाट वञ्चित १ हप्ता पहिले
कोरोना महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त छ : नेता सिंह कोरोना महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त छ : नेता सिंह १ हप्ता पहिले
कमलविनायकबाट १२ जुवाडे पक्राउ, दुई लाख बरामद ! कमलविनायकबाट १२ जुवाडे पक्राउ, दुई लाख बरामद ! ४ हप्ता पहिले
कौडा र तास खेल्ने २७ जना पक्राउ, नगद ३ लाख बरामद कौडा र तास खेल्ने २७ जना पक्राउ, नगद ३ लाख बरामद ४ दिन पहिले
नेपाली बजारमा सुनको मूल्य घट्बढ, आज तोलाकाे कति ? नेपाली बजारमा सुनको मूल्य घट्बढ, आज तोलाकाे कति ? ११ घण्टा पहिले