स्वर्गीय पत्रकार चौधरीको छोराछोरीको खातामा तीन लाख संकलन
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार १७:०:३५
२४ कार्तिक, लहान । सिरहाका स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीका सन्तानको भविष्यका लागि युवाहरुले स्थापना गरेको खातामा रु तीन लाखभन्दा बढी रकम जम्मा भएको छ । नेपाल पत्रकार महासंघ सिरहाका सचिव रोयण्टर मण्डलको पहलमा स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखामा खोलेको चुन्नामुना खातामा रु तीन लाख २० हजार रकम जम्मा भएको हो ।
बैंकमा खाता खोलेर सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको आर्थिक संकलन अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थाहरुबाट उक्त रकम जम्मा भएको पत्रकार मण्डलले बताए । पत्रकार मण्डलको अभियानमा देश विदेशका दर्जनौँ व्यक्तिहरु सहभागी भई सके जति रकम बैंक खातामा जम्मा गरेको जनाइएको छ । बैंकमा जम्मा भएको रकम स्वर्गीय पत्रकार चौधरीका छोरा छोरी १८ वर्ष पुगेपछि झिक्न पाउने विधि बनाइएको पत्रकार मण्डलले बताए ।
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य युवा पत्रकार चौधरीको यही कार्तिक ११ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । नसासम्बन्धी रोगबाट पीडित सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ३५ वर्षीय पत्रकार चौधरीको मृत्यु भएपछि उनका श्रीमती, दुई छोरा र एक छोरीको बिच्चली भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो
बैशाख ३, २०८१ सोमबार
काठमाडौं वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार