ओलीले सचिवालय बैठक डाके के होला ?
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार १८:२९:३१
२४ कार्तिक, काठमाडौं । सत्तासंघर्षको चरम विवादमा अल्झिएको नेकपा अब कुन ढंगले अगाडि बढ्ला ? राजनीतिप्रति चासो राख्ने कसैलेपनि यसै भन्ने अवस्था छैन् । किनभने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले कतिबेला कुन फण्डा प्रयोग गर्छन् भनेर कसैले अनुमान लगाउनै सक्दैनन् ।
यतिबेला ओली फेरि ठूलै संकटमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका बहुमत सदस्य ओलीको कार्यशैलीको चर्काे विरोधमा छन् । पार्टी र सरकार सञ्चानमा एकलौटी गरेको उनीहरुको दुखेसो छ । तर ओली भने जनताले आफ्नो नाममा दुईतिहाई दिएकाले सत्तामा अरुले भागबण्डा खोज्नु गैरराजनीतिक चरित्र भएको ठान्छन् ।
यही सन्दर्भमा ओली र प्रचण्डबीच यतिबेला विवाद चर्किएकोछ । ओलीको शैली र प्रवृत्तिलाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले समेत निको मानेका छैनन् । हुँदाहुँदा ओलीको हेपाहा शैली उत्कर्षमा पुगेको बुझाई नेताहरुको छ । आफूलाई समर्थन नगरे जस्तोसुकै स्टेप चाल्न सक्ने भन्दै ओलीले पार्टी कमिटीको कुनैपनि बैठक नबोलाउने अड्डी लिएका छन् ।
ओलीप्रति आजित भएका नेताहरु कारबाही गर्ने मूडमा थिए । तर गएको शनिबार ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बोलाएर कुनै स्टेप चाले आफूले अझै ठूलो कदम चाल्ने चेतावनी दिए । साथै, आफूलाई समर्थन नगरे पार्टी नै छाडेर जानसमेत धम्की दिए । त्यसपछि राजनीतिले कोल्टे फेरेको छ ।
ओली चाहन्छन्, सबै विषयको समाधान बैठक अगावै कोठामै सकियोसे अनि मात्रै औपचारिक बैठक बसोस् । तर अवस्था यस्तो छैन । ओली नै समस्यको कारक भएको ठहर नेताहरुको रहेको छ । त्यसैले समस्याको हलपनि ओलीले नै दिनुपर्ने बुझाई उनीहरुको रहेको देखिन्छ । उता, ओली भने आफूले निर्वाध रुपमा सत्ता चलाउने स्वतन्त्रता पाउनुपर्ने अडानामा रहेको देखिन्छ । समस्याको जड नै यही छ ।
यस्तै ल्याङ ल्याङ मै विवाद अल्झिरहने हो त ? जानकार भन्छन् – अब बल फेरि ओलीकै कोर्टमा पुगेको छ । उनैले विवाद झिकेका हुन्, समाधान पनि उनैले दिने हो । पार्टी फुटाउने वा जोगाउने काम अब उनकै निर्णयमा निर्भर छ । सचिवालयका पाँच जना सदस्यले अस्ति शनिबार ओलीलाई समस्याको हल खोज्न तत्काल सचिवालय बैठक डाक्न अनुनय गरेका थिए । तर ओली त्यसका लागि राजी भइसकेका छैनन् । उनीहरुले आज सोमबारसम्मको अल्टिमेटम दिएका थिए । तर आजसम्म ओलीले बैठक डाक्ने कुनै संकेत देखाएका छैनन् । तर यसका लागि तयारी भने व्यापक गरेको देखिन्छ ।
शनिबार र आइतबार ओलीले निकट नेताहरुसँग घनिभूत छलफल गरे । हिजो माधव नेपालसहित चारजनासँग कुराकानी गरेका छन् । तर उनले पूर्व माओवादी पक्षसँग भने यसबीचमा कुनै छलफल गरेका छैनन् । आज दिउँसो ओलीले यसअघि गठित विवाद समाधान कार्यदलका सदस्यहरुसँग भने भेट्ने योजना बनाएका छन् । उक्त समितिमा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे तथा प्रचण्ड निकट जनार्दन शर्मा र पम्फा भूषाल रहेका थिए ।
आजको भेटमा पूर्व माओवादी पक्षका सदस्यहरु भने सहभागी नहुने बताइन्छ । शर्मा कोरोना संक्रमणबाट थलिएका छन् भने भूषालले अन्य काममा व्यस्त रहेको भन्दै नजाने जवाफ दिएको स्रोतको भनाई छ । ओलीसँग कटुतापूर्ण सम्बादपछि खुमलटारमै सीमित रहेका प्रचण्ड पक्षको यस्तो रबैयाले ओली थप अफ्ठेरोमा परेका छन् । यसबारे कुरा गर्न आज बिहानै ओलीले महासचिव पौडेललाई खुमलटार पठाएका थिए । तर प्रचण्डले पहिला सचिबालय बैठक डाकियोस् अनि मात्रै थप छलफल गर्ने सन्देश पठाएका छन् ।
आज बेलुकासम्म सचिवालय बैठक डाक्न ओली राजी नभए के गर्ने भन्ने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको स्रोतको भनाई छ । नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने– ओलीले सचिवालय बैठक नडाके अब कार्यकारी अध्यक्षका हैसियतले प्रचण्डले नै औपचारिक रुपमा बोलाउने छन् । यो क्रम क्रमश केन्द्रीय कमिटीसम्म पुग्ने हो ।
ओलीले बैठक नबोलाएको अवस्थामा भोलि वा पर्सिसम्ममा सचिवालय बैठक बोलाएर संसदीय दलको बैठक डाकिने तयारी रहेको जानकारी स्रोतले दियो । संसदीय दलका नेताले दलको बैठक बोलाउनुपर्ने हो तर ओली त्यसको पक्षमा नभएकाले कार्यकारी अध्यक्षले नै त्यो अधिकारको समेत प्रयोग गर्ने स्रोतको दाबी छ । यस्तो स्थितिमा सचिवालय बैठकले ओलीलाई संसदीय दलमा वहुमत सिद्ध गर्न चुनौती दिने र नसक्दा संसदीय दलबाट हटाउने अवस्था आउने चेतावनीपनि स्रोतले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार