मंगलबार , मंसिर ९, २०७७

मॉ बगलामुखि उपभोक्ता सहकारीमा अधिवक्ता लक्ष्मण महर्जन अध्यक्षमा पुनः निर्विरोध निर्वाचित

मॉ बगलामुखि उपभोक्ता सहकारीमा अधिवक्ता लक्ष्मण महर्जन अध्यक्षमा पुनः निर्विरोध निर्वाचित

२४ कार्तिक, काठमाडौं । ललितपुर महानगरपालिका – ११ कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा २०७७ कार्तिक २२ गते ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर स्कूलमा सम्पन्न भएकाे छ ।

सहकारी विभागको निर्देशनलाई पालना गरी भर्चुअल विधिबाट सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनकोअध्यक्षता र सचिव सुनिल महर्जनको सञ्चालनमा सम्पन्न भएकाे हाे ।

त्यस साधारणसभाले सोही संस्थाका अध्यक्ष अधिवक्ता महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण स्थापना भएको ११ वर्षको अवधिमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.ले उल्लेख्य प्रगति गर्न सफल भएको बताए ।

उनले फुटसल तथा जिमखाना लगायत सञ्चालन गरिरहेको यो संस्था मार्ट सञ्चालनको दिशामा अगाडि बढेको बताए । सोही सभामा त्यसै संस्थाका कोषाध्यक्ष रुजेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरे ।

साधारणसभाले ती प्रतिवेदनहरु पारित गर्यो । आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा शेयर पूँजी रु २,५१,०७,९०० , निक्षेप संकलन रु १२,१४,६३,४९५ , कर्जा लगानी रु,११,१७,८५,७७२ र कुल सम्पति रु,१६,०८,७६,०७२ रहेको त्यस सभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त साधारणसभाले ४ वर्षे कार्यकाल रहनेगरी पुन: अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार , सचिवमा रुजेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा अञ्जु तण्डुकार तथा सदस्यहरुमा दिनेश महर्जन , मुकेश खड्गी र रविता तण्डुकार रहेका छन,भने लेखा सुपरीवेक्षण समीतिको संयोजकमा सुवर्ण शाक्य तथा सदस्यमा करुणा महर्जन र दिलीपकुमार श्रेष्ठ चयन भएका छन ।

आफ्नो सुविधा सम्पन्न भवन निर्माण गरेको त्यस संस्थाले फुटसल र जिमखाना सञ्चालन गरिरहेको छ । यसैगरी सोही संस्थाले तस्ननी बचत तथा ऋण सहकारी संस्था लि.सँग सहकार्य गरी ललितपुरको शंखमुलमा लिटिल फ्लावर स्कुल सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मुख्यमन्त्री र पर्यटनमन्त्री लिएर ताप्लेजुङको घुन्सा पुगे प्रधानमन्त्री ओली मुख्यमन्त्री र पर्यटनमन्त्री लिएर ताप्लेजुङको घुन्सा पुगे प्रधानमन्त्री ओली ८ घण्टा पहिले
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने १२ घण्टा पहिले
म्युजिक भिडियोको कमाई : २ लाख लगानी, ८ लाख आम्दानी ! म्युजिक भिडियोको कमाई : २ लाख लगानी, ८ लाख आम्दानी ! ७ घण्टा पहिले
जङ्गली हात्तीको आक्रमणबाट श्रीमानकाे मृत्यु, श्रीमती बच्न सफल जङ्गली हात्तीको आक्रमणबाट श्रीमानकाे मृत्यु, श्रीमती बच्न सफल १५ घण्टा पहिले
पूर्वमन्त्री बाँस्कोटा भन्छन्, भाषणमा सुशासन भन्नेले व्यवहारमा देखाऔँ पूर्वमन्त्री बाँस्कोटा भन्छन्, भाषणमा सुशासन भन्नेले व्यवहारमा देखाऔँ ८ घण्टा पहिले
कोरोनाले थप ८ जनाको ज्यान गयो कोरोनाले थप ८ जनाको ज्यान गयो ५ घण्टा पहिले
पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप, किसान मर्कामा पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप, किसान मर्कामा १६ घण्टा पहिले
मानसिक सन्तुलन ठीक नभएका जीवनले गरे हजुरआमाको हत्या मानसिक सन्तुलन ठीक नभएका जीवनले गरे हजुरआमाको हत्या ४ घण्टा पहिले