जुम्लामा पाँच श्याको कोभिड अस्पताल सञ्चालन
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार १९:५८:५१
२४ कार्तिक, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने “विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ ।
कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।” तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने उहाँले जानकारी दिए ।
केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख पठाएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाई कोरोना सङ्क्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताए । सो अस्पातलमा अहिले दुई नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
गत चैतदेखि १२ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन् । गाउँपालिकाभरी ८०० भन्दा बढीको पिसिआर परीक्षण गरिएको छ । गाउँपालिकामा ५० श्यायको आइसोलेसनसमेत स्थापना भएको छ । कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दासमेत मेडिकल अधिकृत भेटिएकाका छैनन् । यसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन् । यहाँका हरेक गाउँपालिकामा पाँच श्यायको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आए पनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन् ।
गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन् । उनीहरु अब सङ्क्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसाबले निकै राम्रो भएको अनुभूति भइरहेको स्थानीयवासी लकं बुढाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार