नेकपा महासचिव पौडेल नेतृत्वको कार्यदल पुनः सक्रिय
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार २०:२२:१६
२४ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’भित्र विवाद चुलिएसँगै विवाद समाधानका उपाय पहिल्याउन गठन गरिएको कार्यदल पुनः सक्रिय भएको छ । पार्टी फुटको संघारमा उभिएको भन्दै संकट समाधानका उपाय पहिल्याउन उक्त कार्यदल सक्रिय भएकाे हाे।
पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको उक्त कार्यदलले यसअघि पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको मनमुटाव न्यूनीकरण गर्दै जिम्मेवारी बाँडफाड गर्नुपर्ने सुझाव दिएको थियो ।
स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय ओली र प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो ।
कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि नेकपाको संकट टरेको मानिएको थियो । अहिले फेरि अध्यक्ष ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चर्किएको छ ।
महासचिव पौडेलले कार्यदलका सदस्यहरुसँग परामर्श गरेर आजै प्रधानमन्त्री ओलीसँग भेट्ने तयारी रहेको बुझिएको छ । दुवै अध्यक्षद्वयलाइ पुनः सहमतिमा ल्याउन कार्यदलले गृहकार्य गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार