मंगलबार , मंसिर ९, २०७७

सिटी एक्सप्रेस र हङकङको वेरीएज रेमिट्यान्सबीच सम्झौता

सिटी एक्सप्रेस र हङकङको वेरीएज रेमिट्यान्सबीच सम्झौता

२४ कार्तिक, काठमाडौं । हङकङको ख्यातिप्राप्त वेरीएज रेमिट्यान्स (Wirease Remittance) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले वेरीएज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने भएकाे छ ।

सम्झौता पश्चात नेपालका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाईल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्रटण्डन र वेरीएज रेमिट्यान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन् ।

यही नोभेम्बर ३० तारिकसम्म वेरीएज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय