प्रधानमन्त्रीलाई पूर्व माओवादीले छोड्दै
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ मंगलबार १:२०:०
२४ कात्तिक, काठमाडौं । चुलिँदै गएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले झनै उग्र रुप लिने भएको छ । प्रधानमन्त्री केपी ओलीलाई पूर्व माओवादी नेताहरुले अब साथ दिन नसकिने बताएसँगै नेकपा विवादले चर्को रुप लिने भएको हाे । पूर्व एमाले र पूर्व माओवादी भन्ने पार्टीभित्र नरहेको भनिएता पनि पूर्व माओवादी खेमाका नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेटेर नै अब आउने दिनमा सहयोग र समर्थन गर्न नसक्ने बताएका हुन् ।
पार्टी एकताका बेला देखिनै अध्यक्ष र शीर्ष नेताहरुको हात मिलेतापनि दुवै पार्टीका तल्ला कमिटीसम्मका सबै सदस्यहरुको मन मिलेको थिएन । त्यसैको असर अहिले नेकपामा नराम्रोसँग देखिन थालेको छ । पूर्व माओवादी खेमाका नेताहरुले कुनै पनि हालतमा ओलीसँग झुक्न नहुने भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बारम्बार पार्टीभित्र आफ्नो उपस्थिति दह्रिलो बनाउन आग्रह गरिरहेका छन् ।
ओलीका भाका र उखान टुक्काका पछाडी नलाग्न पूर्व माओवादीले अध्यक्ष प्रचण्डलाई भनिरहेको स्रोतको दावी छ । तर पूर्व एमाले पनि नेकपाभित्र आफ्नो पकड नछोड्ने र सकेसम्म पूर्व माओवादीलाई पेलेरै जनो रणनीति बनाउन लागेका छन् । यस कार्यमा स्वयंं प्रधानमन्त्री ओली नै अगाडी सरेपछि अब पार्टी एकता भन्दा पनि विभाजनको बाटोमा अगाडि बढिसकेको आंकलन गर्न थालिएको छ । पूर्व एमालेले भर्चुअल बैठकदेखि कार्यकर्ता भेलासम्म थालिसकेकाे छ भने पूर्व माओवादी पनि साेही अनुसारकाे कदम चाल्ने तयारीमा रहेकाे बुझिएकाे छ ।
गत असार तेस्रो साता नेकपा भित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका प्रधानमन्त्री ओलीले पूर्व माओवादी खेमाका जनार्दन शर्मा, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, लेखराज भट्ट, पम्फा भुसाल लगायतकाे साथ पाएका थिए । तर, उनीहरुलाई त्यसबेला साथ लिँदा देखाएको सपना अहिले आएर फोस्रो र झुट बाहेक केही नभएको पूर्व माओवादी नेताको बुझाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार