फर्जी बाबु बनाउन खोज्दा वडा अध्यक्षसहित १० पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ मंगलबार ०:४१:१६
२४ कार्तिक, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान शुरु गरिएको हो । छोरीको जन्म मिति विसं २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता विसं। २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।
निजहरुले छोरीको जन्मदर्ता भने विसं २०७० मा गरेको पाइएको छ । जन्मिएपछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन रहेको छ । जन्म भएको मिति बाबु आमा भनिएकाको विवाह भएको मिति भन्दाअघि देखिएपछि शङ्का लागेर प्रशासनले अनुसन्धान गरेको शर्मा बताउछन ।
वडा कार्यालयको सिफारिससहित यही कार्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरुबाट नक्कली कागजात भेटिएको हो । कागजपत्र पेश भएसँगै कार्यालयले अनुसन्धान शुरु गरी वडा अध्यक्ष, वडा सचिवसहित छ जनाको बयान लिएको छ । अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार