अतिथि सत्कार घरबास कोरोनाका कारण सुनसान
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार १५:४४:१६
२५ कार्तिक, गलकोट । पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ । कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले घरबास भरिभराउ हुने सिजन हो । दशैँ तिहारको समयमा त झनै आन्तरिक पर्यटकको घरबासमा लर्को नै लाग्ने गर्दथ्यो । यस वर्ष कोरोनाका कारण घरबासहरु समस्यामा परेका छन् ।
गत चैतमा बन्दाबन्दी भएयता जिल्लाका घरबास अपवाद बाहेक सुनसान बनेका छन् । जिल्लाको पहिलो तथा चर्चित घरबासको रूपमा रहेको बागलुङ नगरपालिका–१० भकुण्डेको अतिथि सत्कार घरबास कोरोनाका कारण सुनसान छ ।
कोरोना संक्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेलाई पनि पाहुना नराख्ने जानकारी दिन बाध्य भएको घरबासका सञ्चालक खिमबहादुर थापा बताउछन । “कोरोना कहरका बीच पनि यहाँ आउन खोज्नेहरुले त सम्पर्क गरिरहेका छन्”, उनले भने “हामीले नै सङ्क्रमण जोखिमको डरले नआउन भनेका छौँ, पाहुनाहरुले चित्त दुखाउनु भयो कि भन्ने लागेको छ तर के गर्नु अहिले अवस्था नै यस्तो छ ।”
कोरोना महामारी शुरु भएपछि अहिलेसम्म घरबासमा एक जना पनि पाहुना नआएको सिग्दी सामुदायिक होमस्टेका अध्यक्ष हिराबहादुर पुनले बताए । बन्दाबन्दीको अवधि घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने सिजन थियो । कोरोनाले गर्दा घरबास व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ । “पर्यटक आउने समयमा बन्दाबन्दी भयो, बन्दाबन्दी भएदेखि एक जना पनि पाहुना आएनन, यस्तो बेला राख्ने कुरा पनि भएन, अहिले झनै संक्रमणको जोखिम छ”, अध्यक्ष पुनले भने “अझै केही समय पाहुना राख्ने अवस्था सिर्जना होला जस्तो छैन, यसले गर्दा धेरै ठूलो नोक्सान बेहोर्नु पर्ने बाध्यात्मक अवस्था छ ।”
विगतमा चैतदेखि असोज÷कात्तिकसम्म धेरै पाहुना घरबासमा आउने गरेको र आम्दानी पनि राम्रो हुने गरेको थियो । गत वर्ष घरबासमा पाहुनाहरुको बाक्लो उपस्थितिले स्थानीयस्तरमा उत्पादन भएका सामग्रीले पनि राम्रो बजार पाएको घरबास सञ्चालकहरु बताउँछन् । यस वर्ष उत्पादनलाई बढाएको तर बिक्री नहुँदा समस्या परेको स्थानीयवासीको गुनासो छ ।
“पोहोर साल धेरै पाहुना आए, हामीले गाउँमा उत्पादन गरेको ‘लोकल’ कुखुरा, खसी, बोका, कोदोलगायतका चिजहरु अन्य ठाउँबाट मगाउनु परेको थियो, त्यही अवस्था आउँछ भनेर हामीले नै कुखुरा लगायतका सामग्री गाउँमै उत्पादन गर्यौ”, पुनले भने, “के गर्ने यस्तो अवस्था आयो, उत्पादन भएका सामग्री बिक्री हुन सकेनन्, नोक्सान भयो ।”
बरेङ गाउँपालिका–२ सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिले मिलेर पाँच घरमा गत वर्षदेखि सामुदायिक घरबास सञ्चालन गरेका थिए । सञ्चालन गरेको केही समयमै सो घरबासले धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको थियो ।
यस्तै निसीखोला गाउँपालिकाका–२ को अर्नाकोटमा रहेको अर्नाकोट सामुदायिक घरबास पनि कोरोनाका कारण उस्तै समस्यामा छ । कुनै समय आन्तरिक पर्यटकले भरिभराउ हुने घरबास अहिले सुनसान छ ।
गत वर्षदेखि नै सञ्चालनमा आएको यो घरबास धेरैको रोजाइमा परेको थियो । यो घरबास उच्च पहाडको शिरमाथि रहेकाले धेरैको आकर्षण र आगमन हुने गरेको थियो । कोरोना संक्रमणका कारण घरबास सुनसान भएको सञ्चालक लालबहादुर कुँवरले बताए । घरबास केन्द्रित गरेर उत्पादन गरिएका स्थानीय उत्पादन पनि मूल्य र बजार नपाएर खेर जाने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लामा २८ सामुदायिक घरबास रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार