एकतर्फी सचिवालय बैठक बोलाउने प्रचण्डकाे तयारी
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार १६:११:९
२५ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई पटक पटक सचिवालय बैठक राख्न आग्रह गरेपनि नमानेपछि प्रचण्डले आफैले बैठक बोलाउने तयारी गरेका हुन् ।
नेकपाका दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग सोमबार भेट गरेका थिए । हिजो प्रचण्ड निवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बताएको छ ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए। साेही लिखित माग गरेको १५ दिनभित्र विधानअनुसार बैठक बोलाउने जानकारी महासचिव पौडेलले गराएका थिए ।
यता, प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको बताउँदै आएका छन् ।
यसअघि शुक्रबार पनि अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाउनु भएको थियो । तर नौ सचिवालय मध्ये ५ सचिवालय सदस्य मात्रै पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका थिए । शुक्रबारको औपचारिक बैठकमा प्रधानमन्त्री ओलीसहित, ईश्वर पोखरेल, महासचिव विष्णू पौडेल रामबहादुर थापा सहभागी थिएनन् ।
अन्य पाँच सचिवालय सदस्यको बैठकले बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई २ दिनको समय दिएको थियो । त्यो समय हिजै सकिएकाे छ । तर प्रधानमन्त्रीले कुनै पनि प्रतिकृया दिएका छैनन् ।
उनले सचिवालय बैठक बस्न नमानेको कारण आज पुन: सबै सचिवालय सदस्यलाई बाेलाइने तर प्रधानमन्त्री पक्षाका सदस्य उपस्थित नभएपनि पाँच सदस्यमात्रै भएपनि बैठक राख्ने प्रचण्डको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार