आज पनि सचिवालयको अनौपचारिक बैठक बस्दै
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार १९:४६:१३
२५ कार्तिक, काठमाडौं । भोलिसम्मका लागि सचिवालय बैठक डाक्न दिइएको समयावधिमा प्रधानमन्त्री केपी ओली सहमत भएनन् भने के गर्ने भनेर नेकपाका बहुमत नेता आज फेरि अनौपचारिक बैठक गर्दैछन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकी ४ बजे पार्टी कार्यालय धुम्बराहीमा सचिवालयको अनौपचारिक बैठक डाकेका छन् ।
गत शुक्रबार र शनिबार पनि यस्तै बैठक गरी नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । ओलीले भने सल्लाह गरेर बैठक डाक्ने भनेका थिए । तर हिजो मात्रै ओलीले महासचिव विष्णु पौडेलमार्फत निवेदनमा तोकआदेश गरी विधान बमोजिम बैठक राख्नू भन्ने फरमान जारी गरेका थिए ।
उक्त खबर लिएर हिजै महासचिव पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुुगेका थिए । सो अवसरमा पौडेलले विधान बमोजिम १५ दिन भित्र बैठक राख्ने बताएका थिए । तर प्रचण्डले भने अब २४ घण्टा मात्रै म्याद थप गर्ने चेतावनी दिएका थिए । सो बमोजिम आज बेलुकीसम्म ओलीले सचिवालय बैठक डाकेनन् भने भोलि नै बहुमतको औपचारिक बैठक राख्न नेताहरु सहमत देखिएका छन् ।
यही विषयमा छलफल गर्न आज साँझ अनौपचारिक बैठक राखिएको हो– खुमलटार निकट स्रोतले भन्यो । प्रचण्डलगायत नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ आज पनि भेला हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार