मंगलबार , मंसिर १६, २०७७

बलिउड नायक अर्जुन रामपालको घरमा एनसीबीको छापा

बलिउड नायक अर्जुन रामपालको घरमा एनसीबीको छापा

२५ कार्तिक, काठमाडौं । नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका केही नायिकासँग भारतको एनसीबीले ड्रग्सको मुद्दामा सोधपुछ गरिसकेको छ । सुशान्तको निधनको एउटा कारण ड्रग्स पनि रहेको प्रष्ट भएपछि एनसीबीले बलिउडका केही कलाकारमाथि निगरानी राखेको छ ।

सोमबार मात्रै निर्माता फिरोज नाडियाडवालाको घरमा ड्रग्स भेटिएपछि उनलाई हिरासतमा राखिएको छ । एनसीबीले नायक अर्जुन रामपालको घरमा पनि छापा मारेको छ । अर्जुनकी प्रेमिकाका भाई ड्रग्सको मुद्दामा जोडिएपछि रामपालको घरमा छापा मारिएको हो ।

अर्जुनको घरबाट केही सुराक भेटिने आशंकामा एनसीबीले छापा मारेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसैविच, एनसीबीले अर्जुन रामपालको मोबाइल पनि बरामद गरेको छ । अर्जुनलाई बुधबार सोधपुछका लागि बोलाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय