शनिबार , मंसिर १३, २०७७

सात वर्षपछि अमिताभ र अजय देवगन पुनः एकसाथ

सात वर्षपछि अमिताभ र अजय देवगन पुनः एकसाथ

२५ कार्तिक, काठमाडौं । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र अजय देवगन एकसाथ फिल्ममा देखिने भएका छन् । फिल्म बजार विश्लेषक तरण आदर्शले यी दुबै अभिनेता थ्रिलर ड्रामा फिल्म ‘मे डे’बाट छिट्टै फिल्मको पर्दामा पुनः एकसाथ आउन लागेको ट्विटमार्फत् जानकारी दिएका हुन् ।

‘मे डे’बाट सात वर्षपछि दुबैजना पुनः एकसाथ देखिन लागेका हुन् । अजयले फिल्ममा एक पाइलटको भूमिका निर्वाह गर्नेछन् । अजयकै निर्माण तथा निर्देशनमा फिल्म तयार हुने भएको छ । फिल्मका लागि अजय र अमिताभ तय भइसके पनि अन्य कलाकारको छनौट बाँकी रहेको जनाइएको छ ।

फिल्मको छायांकन डिसेम्बरबाट हैदरावादमा सुरू हुने भएको छ । अजय र अमिताभले ‘मेजर साब’, ‘आग’, ‘खाकी’, ‘सत्याग्रह’ र ‘तीन पत्ती’ लगायत एकसाथ कयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय