सोमबार , मंसिर १५, २०७७

सुर्या लाइफको आ.व २०७५/७६ को प्रतिफल घोषणा

सुर्या लाइफको आ.व २०७५/७६ को प्रतिफल घोषणा

२६ कार्तिक, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट वितरण गर्ने प्रतिफल प्रस्ताव प्रस्तुत गरेको छ । हिजो दिउँसो ४ बजे बसेको कम्पनी संचालक समितिको बैठकले गतवर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बीमा समितिको स्वीकृति पश्चात इन्स्योरेन्सले बोनस र नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने कम्पनी सचिव राजु राजचलाले जानकारी दिए । २ अर्ब १५ करोड ५१ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरण पश्चात चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय