सोमबार , मंसिर १५, २०७७

लघुवित्तमार्फत मुक्तिनाथ विकास बैंकले ४० लाखसम्म कर्जा प्रदान गर्ने

लघुवित्तमार्फत मुक्तिनाथ विकास बैंकले ४० लाखसम्म कर्जा प्रदान गर्ने

२६ कार्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु (KFW) डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा.प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जर्मन सरकार समर्थित परियोजना “ गा्रमीण तथा अर्ध–शहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एम.एस.एम.ई वित्त चरण २ (Sustainable Economic Development in Rural and Semi-Urban Areas – MSME Finance Phase II (SEDRA II),   नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगमद्धारा सञ्चालनमा रहेको छ ।

लघु, साना तथा मझौला उद्ममको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भुमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश अन्र्तगत गा्रमीण तथा अर्ध–शहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्मोगलाई कर्जा प्रदान गर्ने जनाएको छ ।

परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा रु. २ लाख देखि रु. ४० लाख सम्म) प्रदान गर्नेछ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तिय पहुँच प्रदान गरी लघु, साना तथा मझौला उद्मोगको माध्यमबाट दिगो तथा समतामुलक आर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ ।

विकास बैंकहरु मध्ये अग्रपंक्तिमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकको ग्राहकले Visa Network अन्तर्गत जुनसुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारलाई दवावसहितको आग्रह चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारलाई दवावसहितको आग्रह १० घण्टा पहिले
हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा ९ घण्टा पहिले
राष्ट्रिय महिला अधिकार मञ्चको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न राष्ट्रिय महिला अधिकार मञ्चको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ९ घण्टा पहिले
एउटै कम्पनीमार्फत चार महिनामा एक अर्ब रेमिट्यान्स भित्रियाे एउटै कम्पनीमार्फत चार महिनामा एक अर्ब रेमिट्यान्स भित्रियाे १४ घण्टा पहिले
अब ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने अब ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने ९ घण्टा पहिले
नक्कली नोट बनाउने मेसिनसहित तीन पक्राउ नक्कली नोट बनाउने मेसिनसहित तीन पक्राउ ४ घण्टा पहिले
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पुनः कोरोनामुक्त हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पुनः कोरोनामुक्त १५ घण्टा पहिले
उच्च हिमाली गाउँ तोक्पेगोला जाडोमा सुनसान बन्यो उच्च हिमाली गाउँ तोक्पेगोला जाडोमा सुनसान बन्यो १२ घण्टा पहिले