सोमबार , मंसिर १५, २०७७

शेयरबजार पूँजीकरण झण्डै २३ खर्ब, नेप्से उच्चअङले वृद्धि हुँदै १७ सयमाथि पुग्यो

शेयरबजार पूँजीकरण झण्डै २३ खर्ब, नेप्से उच्चअङले वृद्धि हुँदै १७ सयमाथि पुग्यो

२६ कार्तिक, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर एक हजार सात सय ०७.६७ मा पुगेको छ ।

नेप्से लगातार उकालो लागेर आज नयाँ उचाई कायम गरेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ५.२३ बिन्दुले उकालो लागेर ३३५.६२ मा पुगेको छ । आज कूल १९५ कम्पनीको एक करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर रु चार अर्ब नौ करोड ९६ लाख चार हजार ७४२ मूल्यमा कारोबार भयो ।

नेप्से उकालो लाग्दै गएका कारण बजार पूँजीकरणमा सुधार आएको छ । आजको कारोबारका आधारमा बजार पूँजीकरण झण्डै रु २३ खर्ब बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु २२ खर्ब ८८ अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ भने अन्य ११ उपसूहको शेयर उकालो लागेको छ । वित्त २.८६ बिन्दुले घट्दा बैंकिङ १४.८८, व्यापार १४९.८३, होटल ४७.३५, विकास बैंक २.९२, जलविद्युत् ४.३९, निर्जीबन बीमा ३३९.३२, उत्पादन २००ं.२१, अन्य ४९.६८, लघुवित्त ७.१४, जीवन बीमा ७.०३ र सामूहिक लगानी कोष ०.५५ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९० लाख २८ हजार ९३० बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ८६ लाख ४० हजार ६९६, एनआईसी एशिया बैंक रु १५ करोड ६५ लाख ९० हजार ४२७, नागरिक लगानी कोष रु १५ करोड ४५ लाख १४ हजार , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड १५ लाख ७४ हजार २०२, नेपाल पुर्नबीमा कम्पनी रु १५ करोड १० लाख ७१ ह्जार ४३२, शिवम् सिमेन्ट रु १४ करोड ८० लाख ८९ हजार ९८९, अपि पावर कम्पनी रु १२ करोड १५ लाख ३४ हजार २७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, लक्ष्मी इक्विटी फण्ड ९.९९, नागरिक लगानी कोष ९.९८, विशाल बजार कम्पनी ९.९८, एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । यस्तै, आइसिएफसी फाइनान्स ४।७८, सेन्ट्रल फाइनान्स २.८९, निर्धन उत्थान लघुवित्त २.४०, निर्धन उत्थान लघुवित्त २.४०, हिमालयन पावर पार्टनर २.१७ र कामना सेवा विकास बैंकका लगानीकर्ताले २.१५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने नेपाली उद्यमीकाे माग बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने नेपाली उद्यमीकाे माग ६ दिन पहिले
प्रधानलाई ७५ जिल्लानगर अध्यक्षले समर्थन गर्ने : गण्डकीमै ढकाल समुह अल्पमतमा ! प्रधानलाई ७५ जिल्लानगर अध्यक्षले समर्थन गर्ने : गण्डकीमै ढकाल समुह अल्पमतमा ! ५ दिन पहिले
कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो ४ हप्ता पहिले
मुलुकको हवाई उडान : आन्तरिकतर्फ उत्साहजनक, अन्तर्राष्ट्रिय बढेन ! मुलुकको हवाई उडान : आन्तरिकतर्फ उत्साहजनक, अन्तर्राष्ट्रिय बढेन ! ३ हप्ता पहिले
कालिकोटको पलाता गाउँपालिकामा डकैती शैलीमा भ्रष्टाचार, सिडिओ आचार्यसँग छानविनका लागि माग कालिकोटको पलाता गाउँपालिकामा डकैती शैलीमा भ्रष्टाचार, सिडिओ आचार्यसँग छानविनका लागि माग ६ दिन पहिले
ओली–प्रचण्डबीच फोनवार्ता, भेटवार्ता कहिले ? ओली–प्रचण्डबीच फोनवार्ता, भेटवार्ता कहिले ? ४ हप्ता पहिले
पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी ५ दिन पहिले
तीस वर्षदेखि फरार अभियुक्त पक्राउ, एक अझैं फरार तीस वर्षदेखि फरार अभियुक्त पक्राउ, एक अझैं फरार ४ हप्ता पहिले