शनिबार , मंसिर १३, २०७७

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

२७ कार्तिक, इलाम । विगत वर्षको तुलनामा यस वर्ष अन्तिम सिजन अटम सिजनको चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो ।

उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ । प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिकिलो रु ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर रु ५० पुर्याएपछि किसान हर्षित देखिएका छन् ।

“भदौसम्म पानी परे पनि नयाँ सिजनअटममा मौसम राम्रो भएकाले उत्पादन बढ्यो”, सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवाल भन्छ्न, “उद्योगीले पनि चियाको मूल्य बढाए । आम्दानी राम्रै भएको छ ।” उनका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ ।

कटुवालले अनुसार यस वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएको बताउनुभयो । त्यसैले पनि चियामा किसानले धेरै खर्च गर्नुपरेन । चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको इलाम नगरपालिकास्थित साँखुजुङका उद्योगी टङ्क दाहाल बताउँछन् ।

गएको वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको उनको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि यति बेलै हो ।

यो सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने पनि गर्छ । यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहन्छ भने त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन शुरु हुन्छ । मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न धेरै समय चियामा लाग्ने गरेको सूर्योदय नगरपालिकाका अर्का किसान डम्बर प्रधान बताउँछन् ।

सिजनको शुरुबाटै आन्दोलनका कारण उल्लेखनीय फाइदा लिन नसकेका किसानलाई यो सिजनले केही राहत पुगेको प्रधानको भनाइ छ । अन्तिम सिजनको चिया टिपिसकेपछि भने करीब चार महिनापछि मात्र चिया टिप्ने गरिन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पश्चिमी वायुको प्रभाव : आज दिनभर पारिलो घाम नलाग्ने पश्चिमी वायुको प्रभाव : आज दिनभर पारिलो घाम नलाग्ने २० घण्टा पहिले
जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका थुनुवा फरार जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका थुनुवा फरार १९ घण्टा पहिले
सीमावर्ती क्षेत्रमा बिओपी स्थापना, सुरक्षा दिन जनशक्तिको अभाव सीमावर्ती क्षेत्रमा बिओपी स्थापना, सुरक्षा दिन जनशक्तिको अभाव २० घण्टा पहिले
गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने १५ घण्टा पहिले
प्रभु लाइफले पायो ६० करोडको आईपीओ निष्काशन अनुमति प्रभु लाइफले पायो ६० करोडको आईपीओ निष्काशन अनुमति १३ घण्टा पहिले
कास्कीको पोखरामा थप दुई जना संक्रमितको मृत्यु कास्कीको पोखरामा थप दुई जना संक्रमितको मृत्यु १४ घण्टा पहिले
हुम्लाका गाउँगाउँमा पहिलोपटक सुरक्षा गस्ती परिचालन हुम्लाका गाउँगाउँमा पहिलोपटक सुरक्षा गस्ती परिचालन १८ घण्टा पहिले
महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क १० घण्टा पहिले