ओली र प्रचण्ड–नेपाल आफ्नै रणनीति बनाउन व्यस्त
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १८:३:१९
२७ कार्तिक, काठमाडौं । अन्ततः प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक नम्बरी अध्यक्ष केपी ओली सचिवालय बैठक डाक्न सहमत भएका छन् । हिजो संखुवासभा भ्रमण सकेर राजधानी आएलगत्तै ओलीले पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई डाकेर भोलि शुक्रबार साँझ ४ बजेका लागि सचिवालय बैठक डाक्न निर्देशन दिएका हुन् ।
सोही बमोजिम पौडेलले सबै सचिवालय सदस्यहरुलाई बैठकमा सहभागी हुन खबर गरिसकेका छन् । यसअघि बैठक डाक्ने विषयमा सचिवालयका बहुमत सदस्यले ओलीलाई दबाव दिएपनि ओलीले अस्वीकार गर्दै आएका थिए । २५ गते मंगलबार पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटर आज बिहीबारसम्म बैठक राख्न आग्रह गरेका थिए । तर ओली दुई अध्यक्षबीच सहमति जुटेपछि मात्रै सचिवालयको औपचारिक बैठक राख्ने पक्षमा थिए ।
विगत लामो समयदेखि ओली र प्रचण्डबीच विवाद चर्किरहेको छ । पूर्व एमाले खेमाकै माधवकुमार नेपाल समूहसँग नजिकिएर प्रचण्डले ओलीमाथि दबाब बढाइरहेका छन् । प्रचण्ड र नेपाल मिल्दा ओली हरेक कमिटीमा अल्पमतमा रहेका छन् । तर उनी बहुमतको निर्णय अस्वीकार गर्ने भन्दै धम्की दिइरहेका छन् ।
अब कसरी बढ्ने ?
ओलीले सचिवालय बैठक डाकेकाले कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा प्रचण्ड र नेता नेपाल अन्यौलमा छन् । ओलीले बैठक नडाक्दा कसरी जाने भन्ने विषयमा यसअघि उनीहरुबीच सरसल्लाह भएको थियो । तर ओली बैठक गर्न सहमत भएकाले नयाँ ढंगले प्रस्तुत हुनुपर्ने अवस्था छ । यसबारे प्रचण्डले नेता नेपालसँग फोनमा वार्ता गरेका छन्। उनीहरु निकट नेताहरुका साथ आजै भेटेर छलफल गर्दैछन् । ओलीलाई विगतमा भएका सबै निर्णय फिर्ता गरी आत्मालोचना गराउने र दुई मध्ये एक पद छाड्न बाध्य बनाउने उनीहरुको रणनीति छ ।
ओली मान्ने सम्भावना न्यून
भोलि बस्ने सचिवालय बैठकमा प्रचण्ड र नेपाललगायत बहुमत नेताहरुले ओलीको कार्यशैलीको चर्काे आलोचना गर्ने तयारी गरेका छन् । साथै, पूर्व निणर्य बमोजिम गर्न बाध्य बनाउने भएका छन् । यसका लागि आवश्यक पर्दा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मितिसमेत तोक्ने तयारी उनीहरुको छ ।
तर प्रधानमन्त्री ओली पक्षले भने बहुमतका आधारमा गरिने कुनैपनि निर्णय आफ्ना लागि अस्वीकार्य रहने बरु त्यसको बदलामा आफूले ठूलै कदम चाल्ने धम्की दिने बुझिएको छ । ओलीले बहुमतको निर्णय नमान्ने भनेकाले प्रचण्ड – नेपाल पक्ष के गर्ने भन्ने अन्योलमा रहेका छन् ।ओलीले बरु सल्लाहबाटै पार्टी विभाजन गर्नेसम्मको कुरा सचिवालय बैठकमासमेत राख्ने स्रोतले बतायो । नेपाली जनताले आफ्नो नाममा बहुमत दिएकाले पाँच वर्ष कसैले कुनै अवरोध गर्न नपाउने उनको तर्क रहने छ ।
ओलीको बेग्लै तयारी
सचिवालय बैठक बस्नुअघि ओली पक्षले पार्टी उपाध्यक्षसमेत रहेका सचिवालय सदस्य बामदेव गौतमलाई फेरि फकाउने प्रयास गर्ने बुझिएको छ । हिजो मात्रै गौतमलाई सर्वाेच्च अदालतले थप संवैधानिक जिम्मेवारी ग्रहण गर्न बाटो खोलिदिएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले गौतमलाई रक्षासहित उपप्रधानमन्त्री बनाउने आश्वासन दिने बुझिएको छ । गौतमलाई साथ लिन सक्दा सचिवालयमा ओली बहुमतमा पुग्ने अवस्था रहेको छ ।
यसपटक वार की पार
पार्टी भित्र ओलीको कार्यशैली निरंकुश बनेको भन्दै शीर्ष नेताहरुले लामै समयदेखि दुखेसो गर्दै आएका हुन् । तर त्यसको कुनै असर र प्रभाव ओलीमा परेको छैन । बरु उल्टो नेताहरुको मानमर्दन गर्न उनी बुर्कुशी मार्छन् । धेरैपटक ओलीको मूर्खताप्रति आजित भएपनि नरम दृष्टि राख्ने प्रचण्ड अब भने टालटुले सम्झौता वा सहमति नगर्ने पक्षमा अडिग छन् । निकट नेताहरुसँग उनले अब ओलीका गुलिया र मीठा आश्वासनप्रति नलोभिने अठोट गरेका छन् । जस्तोसुकै अवस्थामा पनि ओलीसँग वार की पारको लडाईं गर्ने पक्षमा उनी रहेका छन् ।
यसबारे प्रचण्डले नेता नेपाललाई समेत प्रष्ट पारिसकेको अवस्था छ । ओलीले बामदेवलाई फकाउन सक्ने सम्भावनाबारे पनि प्रचण्ड र नेपाल सचेत देखिएका छन् । अस्थिर स्वभाव भएका गौतम फकिएको अवस्थामा ओली फेरि हावी हुनसक्नेतर्फ उनीहरु गम्भिर बनेका छन् । त्यसैले हरेक बैठक वा छलफलमा बामदेवलाई साथै राख्ने उनीहरुको रणनीति रहेको छ ।
अब राजीनामा नै माग्ने
प्रचण्ड – नेपाल समूहले पछिल्लो पटक प्रधानमन्त्री ओलीको राजीनामा मागेको अवस्था छैन । केवल बैठकमार्फत छलफल गरौं मात्र भनेका छन् । तर ओली जहिलेपनि आफू कुनै हालतमा राजीनामा नगर्ने बताउँदैछन् । त्यसैले अबको बैठकमा चाहिं प्रचण्ड र नेता नेपालले राजीनामा दिन नै माग गर्ने भएका छन् । यस्तो अवस्था आएमा ओलीले पनि प्रतिकार गर्ने छन् । जसले गर्दा नेकपा औपचारिक रुपमै फुटको दिशामा अग्रसर हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार