मंगलबार , मंसिर १६, २०७७

मिर्मिरे लघुवित्तको १२ प्रतिशत बोनस प्रस्ताव

मिर्मिरे लघुवित्तको १२ प्रतिशत बोनस प्रस्ताव

२७ कार्तिक, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हिजो बसेको १९४ औं बैठकले १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । मिर्मिरेले हाल कायम ३९ करोड ६१ लाख ४६ हजार ६४१ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो । बोनस वितरण भएपछि चुक्ता पुँजी ४४ करोड ३६ लाख ८४ हजार २८७ रुपैयाँ पुग्ने कम्पनी सचिव तुलसीराम पाठकले जानकारी दिए । गत वर्ष भने मिर्मिरेले ४५ प्रतिशत बोनस शेयर र २.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय