मंगलबार , मंसिर १६, २०७७

पटाका पट्काउँदा भएको आगलागीले ६ घर जलेर नष्ट

पटाका पट्काउँदा भएको आगलागीले ६ घर जलेर नष्ट

२७ कात्तिक, सप्तरी । सप्तरीमा पटाका पट्काउँदा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् । डाक्नेश्वरी नगरपालिकामा ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका हुन् ।

बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको घर जलेर नष्ट भएको छ । उनीहरुको घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

घरसहित घरभित्रका सामान पनि जलेका छन् । आगो केही समयपछि स्थानीय र प्रहरी लागेर नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय