टाईगर टोलीका ईन्चार्जले पर्सामा मच्चाए आतंक
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार २३:२४:१९
२७ कार्तिक, बीरगञ्ज । पर्सा जिल्लामा टाईगर टोली भनिने क्यूआरटीका प्रहरीहरुले सर्वसाधारणहरुलाई विभिन्न किसिमका डर त्रास देखाई रकम असुल्ने गरेको रहस्योदघाटन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण तथा समाजमा भईरहेका विभिन्न किसिमका अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न क्यूआरटी खटाएको छ । तर सो टोलीका ईन्चार्ज प्रहरी हवल्दार देवदत्त कुशवाहा लगायत उनको मातहतमा रहेका प्रहरीहरुले तस्करहरुसँग साँठगाँठ राख्दै मासिक लाखौं रुपैया असुल्ने गरेको घटना छताछुल्ल भएको हो ।
सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यापारीहरु बीरगंजबाट आफनो पसलका लागि सामग्रीहरु किनेर लैजाँदा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी झमेला खडा गरी पैसा लिने गरेको पर्सा धोरेका एक व्यापारी राजबली साहले गुनासो गरे । त्यसैगरी पर्सा जिल्लाको ग्रामीण सीमावर्ती क्षेत्रहरुमा घर भएका व्यक्तिहरुले आफ्नो घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु ल्याउँदा समेत टाईगर टोलीका प्रहरीहरुले हैरान गर्ने गरेको गुनासो गरेका छन् ।
क्यूआरटी ईन्चार्ज बनेका कुशवाहाले तस्करहरुसँग मासिक रुपमा नजराना बुझने गरेपनि उनका मातहतका प्रहरीहरुले अलगै तस्करहरुलाई धम्काई पैसा लिने गरेको बीरगंज छपकैयाका एक तस्करले नाम नछाप्ने शर्तमा बताएका छन् ।
“ईन्चार्ज कुशवाहालाई मासिक ५० हजार दिने दिने गरेको छु तर पनि सो टोलीमा खटने प्रहरीहरुले बारम्बार तपाईको सामान पक्राउ गरी बुझाउने धम्की दिदै पैसा लिने गरेको” भन्दै ती तस्करले “हामी ईन्चार्जलाई जब महिनावारी दिईरहेको छु, अनि प्रहरीहरुलाई पनि कहाँबाट दिने ? त्यसमा पनि क्राईम शाखाका प्रहरीलाई पनि दिनु पर्छ” भने ।
ईन्चार्ज कुशवाहाले यतिसम्म आतंक मच्चाए पनि पर्सा प्रहरीका उच्च अधिकृतहरुको ध्यान नजानुले उनीहरुमाथि पनि विभिन्न किसिमका शंका उपशंका हुने गरेको बताईन्छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले अपराध नियन्त्रण तथा तस्करी रोक्न प्रयास नगरेको हो वा उनी मातहतका केही भ्रष्ट कर्मचारीहरुका कारण उनको पनि नाम बदनाम भईरहेको हो भन्ने बारे स्थानियबासीहरु अलमलमा पर्ने गथरेका छन् । यसमा समयमै सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको उनीहश्रको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार