सिरहामा नक्कली नोटको कारखाना, ७ लाखसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ शुक्रबार १:२५:१८
२७ कार्तिक, धनुषा । सिरहाबाट झण्डै ७ लाख नक्कली नेपाली नोटसहित ३ जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका ६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका ७ का २४ वर्षीय विमलेन्द्र नायक रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको संंयुक्त टोलीले उनीहरुको साथबाट ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोट बरामद गरेको छ ।
यसमध्ये ३ लाख नक्कली नोट पूर्ण रुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरी राखिएको र काट्न बाँकी रहेको अवस्थामा बरामद भएको हो । पक्राउ परेका तीनै जना गत असोज २१ गतेदेखि गोलबजार नगरपालिका(६ लामाटोलका वीरेन्द्र महतोको घर भाडामा लिएर बस्दै आएका थिए ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार