६६ लाख रुपैयाँ बराबरको सामान बरामद
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार १७:५४:३
२८ कार्तिक, कैलाली । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्रवाट गएको चौमासिक अवधिमा अवैध रुपमा आयात निर्यात भएका रु ६६लाख २१ हजार ९ सय ८१ मूल्य बरावरका विभिन्न सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको मध्ये रु ५१ लाख ९६ हजार ४८१ मूल्य बरावरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउँलगायतका सामान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए ।
यस्तै रु ११ लाख ५३ हजार ५०० बराबरको अबैध काठ र काठ बोक्न प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ । रु दुई लाख ७२ हजार बरावरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ । लागू औषध ब्राउन सुगर,खैरो हिरोइन, चरेश सहित यसको तस्करी र ओसार पसारमा संलग्न आठ जनालाई समेत पक्राउ गरिएको छ ।
“सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अबाञ्छित गतिविधि पहिलेको भन्दा घटेका छन्”, प्रहरी उपरीक्षक कुवँरले भने, “थप सात ठाउँमा बिओपी स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य थप नियन्त्रणमा आई सीमा सुरक्षामा बल पुग्ने छ ।”
कैलालीको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बिओपी थप्ने प्रक्रिया अघि बढेको जनाइएको छ । कैलालीको १०१ किमी सीमा भारतसँग जोडिएको छ । सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोष्ट बिओपीमार्फत् नियमित गस्ती भइरहेको छ ।
अहिलेसम्म प्रत्येक दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक बिओपी रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बिओपी स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ । जिल्लाका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेशवाट राजमार्ग सुरक्षा भइरहेको छ ।
पछिल्ला महिनामा देखिएको कोभिड—१९को महामारीको समस्या उत्पन्न भएसँगै सीमा क्षेत्रवाट खटिएको सशस्त्रले सर्वसाधारणको आवागमन रोक्न अग्रपंक्तिमा रहेर काम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार