आइतबार , मंसिर १४, २०७७

मुक्तिनाथ विकास बैंकको डेविट कार्ड हुनेलाई मिठाई किन्दा १० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंकको डेविट कार्ड हुनेलाई मिठाई किन्दा १० प्रतिशत छुट

२८ कार्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट सेवा लिदाँ विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

साथै बैंकको ग्राहकले भिसा नेटर्वक अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय