लागुऔषध कारोबारमा मधेश पहाडको सञ्जाल
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार २०:५६:१२
२८ कार्तिक, महोत्तरी । लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल मधेशदेखि पहाडसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेका लागुऔषधका कारोबारी र बरामद सामग्रीबाट यो अवैध कारोबारमा पहाड मधेशबीच सम्पर्क सञ्जाल भएको पाइएको जिल्लास्थित सुरक्षा निकायले जनाएको हो ।
जिल्लाको सुदूरदक्षिणी भेग होस् वा मध्य र उत्तरी भेग । लागुऔषध ओसारपसार र यसको कारोबारमा पाहाडी जिल्ला मकवानपुरको सम्बन्ध बढी देखिने गरेको सुरक्षा निकायको निष्कर्ष छ ।
“हामीले चलाएको नियमित गस्ती र विशेष सर्च अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा पक्राउ गरिएका व्यक्ति र लागुऔषध गाँजाको सम्बन्ध मकवानपुरसँग बढी जोडिएको पाएका छौं” जलेश्वर नगरपालिका–५ जलसागरस्थित सशस्त्र प्रहरी बल, ९ नम्वर गण हेडक्वाटरका गणपति सुरेश सापकोटाले भने, “बुधबार राति हाम्रो टोलीले भारतीय सीमावर्ती एकडारा गाउँपालिका–३ मा बरामद गरेको गाँजासहितको पीकअप भ्यान र पक्राउ परेका व्यक्ति मकवानपुरकै रहेका छन् ।”
बुधबार राती सशस्त्र प्रहरीको टोलीले ना३च ९६२४ नंको पिकअप भ्यानबाट ११० किलो गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का करिब ३० वर्षीय अमरकुमार थिङ्गलाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
यसअघि केही महिना पहिले एकडारा र महोत्तरी गाउँपालिकाको मडैमा बरामद गरिएको गाँजा पनि मकवानपुरमै उत्पादित भएको प्रहरीको निष्कर्ष छ । लागुऔषध गाँजा मकवानपुरका भित्री पहाडी बस्तीबाट कारोबारीको सञ्जालले महोत्तरीको भारतीय सीमावर्ती बस्तीसम्म पु¥याउने र यहाँका कारोबारीले खुला सीमाको प्रयोग गर्दै भारत पु¥याउने गरेका प्रहरी अधिकारी बताउँछन् । जिल्लामा लागुऔषध ओसारपसार गर्नेले बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर कारोबार गर्ने गरेका पाइएको छ ।
पहाडी भेगमा उत्पादित गाँजा भारत पु¥याउने र भारतीय बजारबाट नेपालमा प्रतिबन्धित नशालु लागुऔषध लिएर फर्कने गरेका पाइने गरेको छ । यस्ता कारोबारमा जिल्लाको उत्तरी भेगको बर्दिबास नगरक्षेत्रका दुव्र्यशनी युवा प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।
जिल्लामा दत्र्ता हुने यस प्रकृतिका घटना र मुद्दामा बर्दिवाससम्बद्ध पक्ष ७० प्रतिशतभन्दा बढी हुने गरेको प्रहरी अधिकारीको भनाइ छ । जिल्लामा पछिल्ला सात वर्षयता बर्सेनी सरदर ३०÷३५ वटा लागुपदार्थ ओसारपसारका वारदात हुँदै आएका प्रहरी अधिकारी बताउँछन् । केही दशकपूर्व जिल्लाको हाल एकडारा गाउँपालिकाको अजमरपट्टीको गाँजा संसारभरीकै दुव्र्यशनीको रोजाइमा पर्ने गरेको बताइन्थ्यो ।
पछिल्ला दिनमा गाँजाखेती अबैध घोषित भएसँगै प्रहरी सक्रियताले यहाँ गाँजा खेती फाँडिन थालेपछि यसको कारोबार पाहाडी जिल्लासँग जोडिएको प्रहरी अधिकारीको भनाइ छ । मकवानपुरका कारोबारीले बर्दिबाससँगको नाता सम्बन्ध बढाएर यहाँका दुव्र्यशनीको मद्दतले सीमाक्षेत्रसम्म सञ्जाल सम्पर्क बढेको अनुसन्धानले देखाएको प्रनाउ बिष्टले बताए ।
लागुऔषध ओसारपसार, कारोबार र यसको दुव्र्यशन रोक्न प्रहरीको प्रयत्नमात्र पर्याप्त नहुने प्रहरी अधिकारीको भनाइ छ । खासमा जिल्लाको बर्दिबास नगरक्षेत्रका अभिभावकले आफ्ना सन्तानको निगरानी सुक्ष्म बढाएर उनीहरुको कारोबारीसँगको सम्बन्ध टुटाउन सबैले पहलकदमी लिन अपरिहार्य देखिएको प्रहरी अधिकारीको भनाइ छ । बर्दिबास नगरक्षत्रभित्र विद्यालय जाने विद्याथी पनि यस्तो कुसङ्गतमा परेका अनुसन्धानमा देखिने गरेको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार