सोमबार , मंसिर १५, २०७७

सिटिजन्स बैंकको तिहार उपहार, मोबाईल बैंकिङ्ग चलाउँदा १०० रुपैयाँ क्यासब्याक

सिटिजन्स बैंकको तिहार उपहार, मोबाईल बैंकिङ्ग चलाउँदा १०० रुपैयाँ क्यासब्याक

२८ कार्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन पटक गरी रु २,००० भन्दा बढी रकम मोबाइल बैकिङ्गमार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने “ सिटिजन्स तिहार” भनी खुलाउनपर्ने छ ।

तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदीबहिनीलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत व्यवस्था गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङ्गको पीन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पीन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको छ ।

यसप्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने प्रवक्ता उमंग शर्माले जनाकारी दिइन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय