मंगलबार , मंसिर १६, २०७७

सिटिजन्स बैंकको वार्षिक साधारण सभा मंसिर २० गते हुने

सिटिजन्स बैंकको वार्षिक साधारण सभा मंसिर २० गते हुने

२८ कार्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा २०७७ साल मंसिर महिना २० गते (तदअनुसार ५ डिसेम्बर, २०२०) शनिबार गर्ने भएको छ ।

आज २८ गते बसेको संचालक समितिको ३४७ औं बैठकले काेराेनाभाइरसका कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने रु. ७२,७१,८५,३८३.१८ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने रु.२७,२६,९४,५१८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने प्रवक्ता उमंग शर्माले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय