सोमबार , मंसिर १५, २०७७

तिहारमा नेपाल लाइफको मनोरञ्जनपूर्ण जीवन बीमा सन्देश बाेकेकाे म्यूजिक भिडियो

तिहारमा नेपाल लाइफको मनोरञ्जनपूर्ण जीवन बीमा सन्देश बाेकेकाे म्यूजिक भिडियो

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,
सगरमाथा झैं उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’

२८ कार्तिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घरआँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथावस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत बजारमा ल्याएको छ ।

हिन्दुहरुको दोस्रो महानचाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो । जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास कम्पनीले गरेको छ ।

स्वर्ग झैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणासमेत यस गीतले दिनेछ ।
शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ ।

तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् । यस शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ । आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।

त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।

यो गीतको भिडियो पनि उत्कृष्ठ बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउने छ । महान् चार्ड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरन्जन प्रदान गर्नुका साथै बीमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपालीसमक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

तिहार शुभकामना गीत

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रेडक्रस र कोकाकोलाको साझेदारीमा भेण्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग रेडक्रस र कोकाकोलाको साझेदारीमा भेण्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग १२ घण्टा पहिले
नाइजेरियामा हातखुट्टा बाँधी घाँटी रेटेर ११० जनाको हत्या नाइजेरियामा हातखुट्टा बाँधी घाँटी रेटेर ११० जनाको हत्या १४ घण्टा पहिले
बालिकामाथि भएका यौनजन्य हिंसाको सेभ द चिल्ड्रेनद्धारा भत्र्सना बालिकामाथि भएका यौनजन्य हिंसाको सेभ द चिल्ड्रेनद्धारा भत्र्सना ११ घण्टा पहिले
छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु प्रहरी खोरमा छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु प्रहरी खोरमा ३५ मिनेट पहिले
नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ तोकिएको समयमै बन्ने प्रतिबद्धता नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ तोकिएको समयमै बन्ने प्रतिबद्धता ५ घण्टा पहिले
प्रहरी चौकी फलाँटेको सुविधासम्पन्न भवन प्रहरी चौकी फलाँटेको सुविधासम्पन्न भवन ५ घण्टा पहिले
भन्सार छलेर चोरी निकासी गरी सुन ल्याउने २ जना नियन्त्रणमा भन्सार छलेर चोरी निकासी गरी सुन ल्याउने २ जना नियन्त्रणमा ८ घण्टा पहिले
वर्ल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित वर्ल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित ११ घण्टा पहिले
हरिबोधिनी एकादशी आज र भोलि ! हरिबोधिनी एकादशी आज र भोलि ! ६ दिन पहिले
स्वतन्त्र न्यायपालिको गरिमामाथि प्रतिबद्ध छौँ : अध्यक्ष दाहाल स्वतन्त्र न्यायपालिको गरिमामाथि प्रतिबद्ध छौँ : अध्यक्ष दाहाल ६ दिन पहिले
एभरेष्ट बैंकको वित्तीय विवरणमा पहिरो, कुनै समयको ब्लूचिप बैंक अहिले आलु चिप्स बन्दै एभरेष्ट बैंकको वित्तीय विवरणमा पहिरो, कुनै समयको ब्लूचिप बैंक अहिले आलु चिप्स बन्दै ६ दिन पहिले
आज भारतीय विदेश सचिव श्रृङ्गला गोरखा र मनाङ जाँदै आज भारतीय विदेश सचिव श्रृङ्गला गोरखा र मनाङ जाँदै ४ दिन पहिले
पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढ्याे पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढ्याे ५ दिन पहिले
आज साँझ हर्षवर्धन र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता हुने आज साँझ हर्षवर्धन र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता हुने ४ दिन पहिले
उद्योग वाणिज्य महासंघको चुनाव नरोकिने, सर्वोच्चद्धारा आदेश दिन अस्वीकार उद्योग वाणिज्य महासंघको चुनाव नरोकिने, सर्वोच्चद्धारा आदेश दिन अस्वीकार ४ दिन पहिले
अब गाउँपालिकाले १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने अब गाउँपालिकाले १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने १० घण्टा पहिले