गायक सुगमको ‘मायालु साबुन’ आजबाट बजारमा
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शनिबार १:२१:८
२८ कार्तिक, काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् ।
गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा गायक सुगम पोखरेलको साथमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, पूजा गिरी,नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् । भिडियोमा गायक पोखरेल भिन्न गेटअपमा प्रस्तुत भएका छन् ।
नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने पदम सुवेदीले यसलाई सम्पादन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । यो भिडियो गायक पोखरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार