तरकारी खेतीबाटै १२ लाख आम्दानी
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ शनिबार १८:३८:४४
२९ कार्तिक, तम्घास । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्छन् । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उनको दैनिकी हो ।
कारण हो, उनले विगत ६ वर्षदेखि व्यावसायीक खेती गर्दै आएका छन् । रानाको जीवनको ऊर्जाशील उमेर रोजगारीको सिलसिलामा भारतमै बिते । बल हुने बेलासम्म पो भारतमा काम गर्ने, बल सकिएपछि के गर्ने ? उनले सोचे । त्यसपछि हुगाका आफ्नो साथीको बारीमा जाँदा तरकारी खेती गरेको देखेर राना पनि प्रभावित हुनुभयो र आफूले पनि त्यसै गर्न शुरु गरे ।
रानाले अहिले कूल १० रोपनी बारीमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । जसमा टमाटर, काउली, बन्दा, आलु, खुर्सानीलगायत तरकारी लगाउनुभएको छ । राना पहिले–पहिले उत्पादित तरकारी डोकोमा बोकेर विभिन्न ठाउँमा बेच्न हिड्ने गर्छन् ।
अहिले भने तरकारी लिन पैँचो पसलको गाडी घरमै आउछ । बारीमा पुरोना, विन सेरिन र सिर्जना गरी तीन जातका टमाटर लगाइको छ भने अन्य तरकारी पनि फरक–फरक जातका लगाएका छन् । तरकारी बिक्रीको लागि उहाँले पैँचो पसलसँग सम्झौता गरेका छन् । समयअनुसार काउली रु १२०, सिमी १३०, बन्दा ५५ तथा टमाटर ३० देखि ७५ प्रति केजीसम्म बिक्री हुन्छ ।
बजारमा तरकारीको माग बढी हुँदा मूल्य बढ्ने र माग कम हुँदा मूल्य कम हुने उनले बताए । उनले कूल दश वटा टनेलमा टमाटर लगाएका छन् । टमाटरको तलपट्टि गोपीका बिरुवा लगाएका छन् । अहिलेको मौसममा मात्रै सय क्वीन्टल टमाटर उत्पादन हुने उनले बताए । वार्षिक रुपमा उत्पादन गर्दा लागेको खर्च कटाएर मात्रै चारदेखि रु पाचँ लाख आम्दानी हुने उनले बताए ।
उहाँको परिवारमा बुबा, आमा, श्रीमती र दुईभाई छोरा छन् । परिवारबाट पनि राम्रो सहयोग भएकाले काममा झनै हौसला मिलेको उनको अनुभव छ । साथै आफ्नै घरमा उत्पादन भएको तरकारी खादा कुनै रोग नलाग्ने र स्वस्थ भइने पनि उनको अनुभव छ । छत्रकोट गाउँपालिका–१ हुगाँका ४० वर्षीया दानबहादुर पल्लीले २०७२ बाट खुल्ला रुपमा टनेलबाहिर टमाटर खेती शुरु गरे ।
अहिले १० रोपनी जग्गामा ४१ वटा टनेल बनाएका छन् । जसमध्ये १० वटा पक्की टनेल र ३१ वटा कच्ची टनेल छन् । उनको मुख्य उत्पादन टमाटर हो । त्यसका साथै राज्मा सिमी, रायो र गोपी पनि उहाँले बिक्री गर्दै आएका छन् ।
टनेलमा टमाटर र टमाटरको फेदमा गोपी लगाएर उनले एकै ठाउँमा दोहोरो उत्पादन लिँदै आएका छन् । एक केजी सिमी ८० देखि १००सम्म बिक्री हुन्छ । यो वर्ष पनि ६ क्वीन्टल सिमी उत्पादन गर्ने पल्लीको लक्ष्य छ । उत्पादित सबै तरकारी बुटवलमा पठाउने भएकाले पनि बजारको कुनै समस्या नभएको उनले सुनाए ।
टमाटर, सिमीलगायत सबैजसो तरकारी खेतीबाट कूल १२ लाख आम्दानी हुने र त्यसबाट खर्च कटाउदा ६ लाख बचत हुने उनले बताए । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको चार लाख अनुदान र आफ्नो चार लाख गरी कुल आठ लाखमा १० वटा टनेल थप गरेका थिए । साथै वार्षिक १० वटा टनेल वृद्धि गर्दै लैजाने योजना रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार