सल्यान अस्पताल तेस्रोपटक ‘सिल’
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ शनिबार २१:४:३
२९ कार्तिक, सल्लीचौर । सल्यानमा सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि एक साताका लागि बन्द गरिएको हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । अस्पतालमा कोरोना भाइरस निर्मलीकरण तथा सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना सङ्कलन गर्नुपर्ने भएकाले आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।
सल्यानमा हालसम्म एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए ।
यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि बजार पूर्णरुपमा बन्द गरिएको छ । तिहारसँगै कोरोना सङ्क्रमण फैलिने खतरा भएपछि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । श्रीनगर बजारमा व्यापारी, बैंकका कर्मचारी, शिक्षकलगायतमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष बुढाथोेकीले जानकारी दिए ।
जिल्लाको वागचौर नगरपालिकाको थारमारे तथा वागचौर बजार क्षेत्र पनि शनिबारदेखि एक साताका लागि सिल गरिएको छ । स्थानीय व्यापारी तथा नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नगरपालिकका तीनवटा वडा सिल गरिएको वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए ।
जिल्लामा केही समय कोरोना सङ्क्रमण एकदम न्यून भएकामा केही दिनअगाडि देखि भने तीव्ररुपमा देखा पर्न थालेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा देखिन थालेको छ । यसभन्दा पहिले कोरोना समुदायस्तरमा भने देखिएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार