दरबार हाईस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल वितरण
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ आइतबार ३:२८:४८
२९ कार्तिक, काठमाडौं । ऐतिहासिक दरबार हाइस्कुलमा वैकल्पिक माध्यमबाट पठपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौँले आज ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ ।
सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब रु १२ लाख बराबरको जम्मा २० थान ल्यापटप र ४० थान मोबाइल प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा सो क्लबका अध्यक्ष सीमा गोल्छाले विद्यालयको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मन्त्री भट्टराईले ऐतिहासिक उक्त विद्यालयमा नयाँ भवन बनेकामा बधाई दिँदै शिक्षालाई विद्यमान विषम स्थितिमा पनि वैकल्पिक माध्यमबाट निरन्तरता दिनका लागि प्राप्त सामग्री उपयोगी हुने बताए ।
प्राज्ञ डा देवी नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको व्यक्तित्वबारे प्रकाश पारेको थियो । सोही अवसरमा विद्यालयले आयोजना गरेको काठमाडौँ जिल्लास्तरीय माध्यमिक तहका विद्यार्थीका लागि गरिएको अनलाइन निबन्ध प्रगियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष चिनीयामान बज्रायार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य वसन्त मानन्धरले विद्यालयलाई शुभकामना व्यक्त गरेका थ्एि ।
विनासकारी भूकम्पबाट ध्वस्त सो विद्यालयमा चीन सरकारले बनाइदिएको नयाँ आधुनिक भवन यही कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो ।
नयाँ भवनमा प्रयोगशाला र कम्प्युटर ल्याब उपलब्ध भए पनि हालको विषम स्थितिमा अनलाइन कक्षाका लागि ल्यापटप र मोबाइलको आवश्यकता परेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा
चैत १५, २०८० बिहिबार
शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र, ‘निजी विद्यालयको शुल्कमा कडाई गर्नू’
चैत १२, २०८० सोमबार
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
चैत ६, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार