सिरहामा आलु बीउको अभाव
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७७ आइतबार १५:१६:५९
३० कार्तिक, सिराहा । कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत अकासिँदा किसानहरु मारमा परेका छन् ।
आलु खेती लगाउने समयमा आलु बिउमा व्यापारीहरुले अचानक मनपरी मूल्य वृद्धि गरेका कारण समस्यामा परेको किसानहरुले गुनासो गरेका छन् । गत वर्ष ५० किलो एक बोराको एक हजार रुपैयाँ पर्ने आलु बिउको मूल्य यस वर्ष अहिले रु तीन हजार रुपैयाँमा बिक्री भइरहेको किसानहरुले बताएका छन् ।
आलु रोप्नका लागि खेत तयार पारेर बिउका लागि लहान बजार आइपुग्नुभएका तरेगनाका किसान शत्रुघन चौधरीले अचानक बिउको मूल्य बढेकाले समस्यामा परेको गुनासो गरे । अचानक बजारमा आलु बिउको मूल्य बढे पनि बजार अनुगमन नभएकाले व्यापारीहरुको मनपरी बढेको चौधरीको कथन छ ।
“एकातिर आलुको मूल्य बढेको छ भने अर्कोतिर बोरामा पनि कम तौल रहने गरेको छ”, सिरहाको सीतापुरका सुभाष साहले भने, “बोरामा ५० किलो रहेको बताए पनि घरमा लगेर जोख्दा कुनै बोरामा ४६, ४७ र ४८ किलो मात्र आलु पाइएको छ ।” बोरामा आलु कम पाइए पनि त्यस्ता व्यापारीमाथि कुनै कारवाही नभएको उनको गुनासो छ ।
सिरहाका बजारहरुमा अहिले बङ्गाली, सेतो र रातो आलुको बिउ बिक्री भइरहेको छ । यस वर्ष बङ्गाली आलु रु दुई हजार ९००, सेतो आलु रु तीन हजार १०० र रातो आलु बीउ रु तीन हजार १०० मा विक्री भइरहेको छ ।
बन्दाबन्दीका कारण भारतको पश्चिम बङ्गालबाट थोरै मात्रामा आलु आएको र त्यहाँबाट महँगो खरिद गरेर ल्याउनुपरेकाले महँगोमै बिक्री गर्नुपरेको व्यापारीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार