मंगलबार , मंसिर ९, २०७७

नेसन्स लिग जितेको पोर्चुगल प्रतियोगिताबाट बाहिरियो

नेसन्स लिग जितेको पोर्चुगल प्रतियोगिताबाट बाहिरियो

३० कार्तिक, एजेन्सी । साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरण अन्तर्गत शनिबार राति भएको भएको खेलमा फ्रान्ससँग १-० ले पराजित भएपछि पोर्चुगलको उपाधि यात्रा सकिएको हो ।

पोर्चुगलको मैदानमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले निर्णायक गोल गरे । उनले खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले एड्रीयनको पासलाई सदुपयोग गरे ।

पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ । लिग ए समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोडेको छ । र, फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ । अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय